नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १९, २०८२ बागेश्वरी पोस्ट
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 

कोहलपुर । मंसिर १७ गतेदेखि सुरु भएको तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा अधिकांश खेल सम्पन्न भएका छन् । प्याब्सन कोहलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा माध्यमिक र आधारभूत तहका विभिन्न विधामा प्रतिष्पर्धा भइरहेको छ । कोहलपुर–११ स्थित न्युरोडको खुल्ला खेल मैदानमा भइरहेको प्रतियोगितामा शुक्रबारसम्म  अधिकांश खेल सम्पन्न भएका हुन् ।

आधारभूत तह (१–८) सम्मको छात्रतर्फ १ सय मिटर दौडमा निम्बल एकेडेमीका कृष्ण बहादुर बुढा प्रथम, राम जानकी स्कूलका शिव हमाल द्वितीय र गोरखा युनाइटेड स्कूलका कृष्ण पौडेलले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ एभरेष्ट सैनिक स्कूलकी साधना राना प्रथम, गोरखा युनाइटेड स्कूलकी सिम्रन मल्ल द्वितीय र ग्रीन पिस स्कूलकी सौजिता गैरेले तृतीय स्थान हासिल गरेका छन् । छात्रतर्फ ४ सय मिटर दौडमा गोरखा युनाइटेड स्कूलका विजय राज भण्डारी प्रथम, बागेश्वरी एकेडेमीका प्रजापति विक द्वितीय र जीवन ज्योति स्कूलका शुभम रानाले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ जीवन ज्योति स्कूलकी प्रश्मी गिरी प्रथम, गुरुकूल शिक्षा सदनकी आर्या थारु द्वितीय र गोरखा युनाइटेड स्कूलकी श्रृशा शाहीले तृतीय स्थान हासिल गरेका छन् । 

आधारभूत तह (१–८) सम्मको ८ सय मिटर दौडमा छात्रतर्फ ग्रीनपिस स्कूलका चन्द्र राज चौलागाईले प्रथम स्थान हासिल गरेका छन् । उक्त विधामा निम्बल एकेडेमीका कृष्ण बहादुर बुढा द्वितीय र बागेश्वरी एकेडेमीका प्रशान्त पुन मगरले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ कोहलपुर पाठशालाकी छिता भट्टले प्रथम स्थान हासिल गरेको छ । निम्बल एकेडेमीकी समृद्धि बुढा मगर द्वितीय र गुरुकूल शिक्षा सदनकी जिया थारुले तृतीय स्थान हासिल गरेका छन् । माध्यमिक तह (९–१२) को १ सय मिटर दौडमा गोरखा युनाइटेड पब्लिक स्कूलका रोशन बुढाथोकी प्रथम, राम जानकी स्कूलका लोकेश राना द्वितीय र तक्षशिला एकेडेमीका नवीन बस्याल तृतीय भएका छन् ।

छात्रातर्फ डाइनामिक माविकी सम्झना राना प्रथम, बाल विद्या माविकी प्रियंका सुनार द्वितीय र जीवन ज्योति स्कूलकी सुविना केसीले तृतीय स्थान हासिल गरेका छन् । ४ सय मिटर दौडमा ग्रीनपिस स्कूलका विपिन बुढाथोकी प्रथम, गोरखा युनाइटेड पब्लिक स्कूलका अर्जुन रोकाया द्वितीय र बाल विद्याका ललित गिरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । छात्रातर्फ जीवन ज्योति स्कूलकी अनिमा चौधरी प्रथम, ग्रीन पिस स्कूलकी प्रमिला योगी द्वितीय र गोरखा युनाइटेड पब्लिक स्कूलकी निकिता हमालले तृतीय स्थान हासिल गरेका छन् । 

८ सय मिटर दौडमा छात्रतर्फ डाइनामिक मावि प्रथम, सेन्चुरी एजुकेशन एकेडेमी द्वितीय र बालविद्या मावि तृतीय भएका छन् । छात्रातर्फ ग्रीन पिस स्कूलकी निकिता हमाल प्रथम, जीवन ज्योति स्कूलकी शिवानी विक द्वितीय र एभरेष्ट सैनिक स्कूलकी सिर्जना रानाले तृतीय स्थान हासिल गरेका छन् । १५ सय मिटर दौडमा गोरखा युनाइटेड पब्लिक स्कूलका समिर बस्नेत प्रथम, ग्रीन पिस स्कूलका प्रशान्त विष्ट द्वितीय र  जीवन ज्योति स्कूलका सुगम चौधरीले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ ग्रीन पिस स्कूलकी सलिना थारु प्रथम, गोरखा युनाइटेड पब्लिक स्कूलकी कल्पना बुढा द्वितीय र डाइनामिक स्कूलकी करिष्मा सेनले तृतीय स्थान हासिल गरेका छन् । 

आधारभूत तह (नर्सरी–३) सम्म १ सय मिटर दौडमा कोहलपुर पाठशालाका किश्मत आचार्य प्रथम, क्यानभास स्कूलका सौरभ थारु द्वितीय र नमुना शिक्षा सदनका विजय रानाले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ मनकामना स्कूलकी अंकिता परियार प्रथम, जीवन ज्योति स्कूलकी एलेक्स चौधरी द्वितीय र गुरुकूल स्कूलकी इशा हमालले तृतीय स्थान हासिल गरेका छन् । स्पोन मारबल रेसमा कोहलपुर पाठशालाका सन्दिप कामी प्रथम, ग्रीन पिस स्कूलका भुपेन्द्र खत्री द्वितीय र  मनकामना स्कूलकी अनुश्का कार्कीले तृतीय स्थान हासिल गरेका छन् ।  म्युजिकल चियरमा भरोसा एकेडेमीका निशित विक प्रथम, मनकामना स्कूलका पुष्प बुढा द्वितीय र सेन्चुरी एजुकेशन ऐकेडेमीका कृजल शाहीले तृतीय स्थान हासिल गरेका छन् । 
 
प्रतियोगिता अन्तर्गत भोली मावि र आधारभूत तहका एक इन्टु चार सय रिले र चार इन्टु चार सयतर्फ फाइनल खेल हुनेछन् ।  यस्तै आधारभूत तहतर्फ छात्राछात्राको फुटबलको फाइनल खेल हुने प्रतियोगिताको सचिवालय संयोजक कुमार रावतले जानकारी दिए । माध्यमिक तहको प्रतियोगितामा एथ्लेटिक्सतर्फ ५३२ र भलिबलमा ३४२ जना गरी जम्मा ८७४ जनाले सहभागिता जनाउनेछन् । यस्तै आधारभूत तह (१–८) मा एथ्लेटिक्सतर्फ ४४८ जना, फुटसलमा ३९० जना, आधारभूत तह (नर्सरी–३) तर्फ १२० जना गरी कूल ९६० जनाले सहभागिता जनाएका छन् । प्रतियोगितामा कूल १ हजार ८ सय ३८ जनाको सहभागिता रहेको छ । प्रतियोगिता मंसिर २० गते शनिबार भोली सकिनेछ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
सलाह चम्किँदा इजिप्ट विजयी, स्पेनको फराकिलो जित; उरुग्वे–केप भर्डे र बेल्जियम–इरान बराबरी
मन्त्री यादवद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण तथा अनुगमन
मन्त्री यादवद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण तथा अनुगमन
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनीद्वारा आइभरी कोस्ट पराजित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनीद्वारा आइभरी कोस्ट पराजित
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP