नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २०, २०८२ बागेश्वरी पोस्ट
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते

नेपालगञ्ज । आठौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जितेका छन् । उनले एमटिबी पुरुष ३६ किलोमिटर साइकल दौड १ घण्टा २ मिनेट ४० सेकेण्डमा पूरा गर्दै उपाधिसहित नगद रु. २५ हजार हात पारेका छन् । 

May be an image of bicycle and text

खरेललाई पछ्याएका नेपाल आर्मीका मुकेश थारुले १ घण्टा २ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे । मुकेशले रु. १५ हजारमा चित्त बुझाउनुपरेको छ । यस्तै यो विधामा बाँकेका देब बोहोराले तेस्रो हुँदै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

यसैगरी एमटिबी भेट्रान २५ किमीतर्फ बाँकेका दिपक मल्ल प्रथम, अशोक दिक्षित द्वितीय र थोमेश बहादुर बोहरा तृतीय भएका छन् । मल्ल, दिक्षित र बोहराले क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

यस्तै एमटिबी महिला १६ किलोमिटरमा बाँकेका एसी श्रेष्ठ र सिता कार्की प्रथम र द्वितीय हुँदा बर्दियाकी निशा थारु तृतीय भएका छन् । श्रेष्ठ, कार्की र थारुले क्रमशः २० हजार, १० हजार र ७ हजार पुरस्कार प्राप्त गरे । 

यसैगरी साधारण साइकल पुरुष २५ किमीतर्फ बाँकेका विनोद यादव प्रथम, जुगल थारु द्वितीय र लिखन प्रसाद थारु तृतीय हुँदा उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार जिते । साधारण साइकल महिला १६ किमीतर्फ पनि सुमन बर्मा, समिता थारु र मिना कुमारी थारु तृतीय हुँदा उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार हात पारेका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपालगञ्ज साइक्लिङ्ग क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राईले गरेका थिए । उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपालगञ्ज १२ का वडा अध्यक्ष तरुण बज्राचार्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । 

प्रतियोगिताका संयोजक एवम् नेपालगञ्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष कबिराम बुढाथोकीले स्वागत गरेको कार्यक्रममा क्लबका अध्यक्ष प्रदिप सापकोटोले साइकल खेल र साइकल संस्कृतिको विकास गर्न आठ बर्षदेखि निरन्तर प्रतियोगिता गर्दै आएको बताए ।

प्रतियोगिता नेपालगञ्ज विपी चोकबाट शनिबार विहान सुरु भएको थियो । प्रतियोगिताको रुट नेपालगञ्ज विपी चोकबाट धम्बोजी, राँझा, हवलदारपुर, कोहलपुर हुँदै पुनः सोही रुटबाट विपी चोकसम्म कायम गरिएको थियो । विजेता खेलाडीहरुलाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।   

May be an image of bicycle, crowd and road


प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
तेस्रो प्याब्सन कोहलपुर रनिङ शिल्डमा अधिकांश खेल सम्पन्न, शनिबार समापन 
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिताको तयारी पूरा
लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
लुम्बिनी स्पोर्ट्स अवार्डको मिति परिवर्तन, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP