नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २६, २०८२ बागेश्वरी पोस्ट
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 

खजुरा (बाँके) । बाँकेको खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । खजुरा ४ को मिनी रङ्गशालामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले खजुरालाई खेलकुदको उर्वरभूमि बनाउन लागेको बताए । उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका अध्यक्ष विकले खेलकुदले सबैलाई जोड्ने र चिनाउने कार्य गरेकाले यसमा थप लगानी बढाइएको जनाए । उनले रनिङ शिल्डमार्फत खजुरालाई चिनाउन सकिने उल्लेख गरे । रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिका संयोजक विकले खजुराले अब्बल खेलाडीहरु प्रस्तुत गरिरहेको बताए ।

शुक्रबार एक भव्य समारोहका बीच शुरु भएको प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले खेल खेल्दा स्वास्थ्य मात्र नभई समुदाय र देशकै लागि फाइदा गर्ने बताए । खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले खेलकुद नै खजुराको पहिचान बनेको बताउँदै पछिल्ला दिनमा खेल गतिविधि गर्व गर्न लायक रहेको बताइन् । खजुरा गाउँपालिकाको खेलकुद विकास परिषदको आयोजना तथा ज्ञानोदय नमुना माविको व्यवस्थापन तथा सञ्चालनमा चार दिनसम्म चल्ने मेयर रनिङ शिल्डको उद्घाटनको दिन केही खेलहरु सञ्चालन गरिएका छन् ।

विद्यालयकै तर्फबाट जाती-जनजातीको संस्कृति र परम्परा प्रदर्शन हुने गरी नृत्य, झाँकी तथा आकर्षक पिटिको प्रस्तुति रहेको थियो । मार्चपासमा खजुराका अधिक विद्यालयहरुले सहभागिता जनाएका थिए । ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले यसअघिका वर्षहरुमा भन्दा उत्कृष्ट व्यवस्थापनका साथ प्रतियोगिता सञ्चालन गरिएको जनाए । प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिकतर्फ एएथ्लेटिक्स, भलिवल र कबड्डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ र छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भैरहेको सचिवालय संयोजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताए ।

आधारभूत तह कक्षा ६ देखि ८ तर्फ १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी हुनेछन् भने प्राथमिक तह‌मा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी छन् । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्ट्समा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन गरिएको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए । शुक्रबार विहानैदेखि खेलहरु सञ्चालन गरिएको थियो ।

उद्घाटन समारोह अघि भलिबल पुरुषतर्फका खेलहरु, कबड्डी महिला, एथ्लेटिक्सतर्फ दौडका हिट्स सम्पन्न भएको फिल्ड मार्सल भण्डारीले जनाए । यस्तै भलिबलतर्फ भएको पहिलो खेलमा नेरामावि मनकामनापुरलाई सोझो सेटमा हराउँदै जनता मावि विजयी भएको थियो । यस्तै ध्रुबतारा विद्या मन्दिरलाई हराउँदै पशुपति मावि घियाले विजयी बन्यो । मैटहवा मावि र जनसेवा माविवीच भएको भलिबल खेलमा मैटहवा विजयी बनेकोमा मैटहवा मावि र जेनिथ माविको प्रतिस्पर्धा हुदाँ जेनिथ विजयी भयो ।

उता जनकल्याण मावि शान्तिनगरसंगको खेलमा अमर मावि विजयी भयो । योगिनी मावि र सनलाइट ई.मि. बीच सञ्चालन भएको खेलमा योगिनी विजयी बन्यो । भानु मावि र इन्ट्रिग्रेटेड एकेडेमी र भानु मावि बीचमा भएको खेलमा इन्ट्रिग्रेटेड विजयी बनेको थियो भने लगत्तै अरुणोदय माविसंग भएको प्रतिस्पर्धामा ;अरुणोदय विजयी भयो । गुराँस चाइल्डहुड एकेडेमीले जन कल्याण मावि बद्रिपुरलाई हरायो र भविबल खेलमै ज्ञानोदय नमुना माविलाई हराउँदै आदर्श मावि विजयी बनेको प्रचार संयोजक खगेन्द्र दाहालले बताए । शनिबार हुने केही खेलहरु फाइनल हुँदै जाने खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले जानकारी दिए । उद्घाटन कार्यक्रममा शिक्षा खेलकुदसंग सम्बद्ध अतिथिहरुले मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 
खजुरामा आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु 
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
लुम्बिनी लायन्स एनपीएलको फाइनलमा
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
मंगल प्रसाद माविमा खेलकुद सप्ताह सुरु
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
आठौं मेयर कप राष्ट्रिय साइकल दौडको उपाधि काभ्रेका खरेलले जिते
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP