नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २७, २०८२ बागेश्वरी पोस्ट
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु

खजुरा (बाँके) । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नतिजा आउन सुरु भएको छ । खजुरा ४ डिगाउँमा रहेको मिनी रङ्गशालामा आयोजित प्रतियोगितामा लङ्गजम्प खेलमा शनिबार सम्पन्न प्राथमिक तह छात्रातर्फ गोल्डेन ग्यालेक्सी एकेडमी प्रथम भएको छ । यस्तै, भानु मावि उढरापुर दोस्रो र जनता मावि बठवा तेस्रो भएका हुन् । प्राथमिक तहमै १०० मिटर दौडमा जनता मावि बठवा प्रथम, गोल्डेन ग्यालेक्सी एकेडमी दोस्रो र मनकामना मावि बलभद्रपुर तेस्रो भए । प्राथमिक तहतर्फ ४ गुणे १०० मिटर रिलेमा गोल्डेन ग्यालेक्सी एकेडमी प्रथम बन्यो । सोही प्रतियोगितामा जनता मावि बठवा दोस्रो र जनकल्याण मावि शान्तिनगर तेस्रो भए । लङ्गजम्प प्राथमिक तह छात्रको फाइनल खेलतर्फ जनकल्याण मावि शान्तिनगर प्रथम बन्यो । यस्तै, जनता मावि बठवा दोस्रो र ने.रा.मा.वि. मनकामनापुर तेस्रो भए ।

सम्पन्न प्राथमिक तहतर्फ १०० मिटरको दौडमा ने.रा.मा.वि. मनकामनापुर प्रथम भएको छ । दोस्रो जनकल्याण मावि शान्तिनगर र तेस्रो आदर्श मावि डिगाउँ हुन सफल भए । प्राथमिक तहतर्फ छात्र ४ गुणे १०० मिटर रिलेमा ने.रा.मा.वि. मनकामनापुर प्रथम, जनता मावि बठवा दोस्रो र जनकल्याण मावि शान्तिनगर तेस्रो भए । शटपटमा निम्न माध्यमिक तहतर्फ अमर मावि गौतम बस्ति प्रथम, जनसेवा मावि पुरैना गिजरा दोस्रो र सिटिजन नमुना ई.मि. स्कुल तेस्रो बन्यो । निम्न माध्यमिक तह एक सय मिटर दौडमा जनसेवा मावि पुरैना गिजरा प्रथम भयो । मैटहवा मावि चन्द्रनगर दोस्रो र ने.रा.आ.वि. धौलागिरी तेस्रो भए । निम्न माध्यमिक तह ८ सय मिटर दौडमा आदर्श मावि डिगाउँ प्रथम भयो । यस्तै, जनसेवा मावि पुरैना गिजरा दोस्रो र सिटिजन नमुना ई.मि. स्कुल तेस्रो बनेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । २ सय मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम, ने.रा.आ.वि. धौलागिरी दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भए ।

निम्न माध्यमिकतर्फ लङ्गजम्प खेलमा जनसेवा मावि पुरैना गिजरा प्रथम, अमर मावि गौतम बस्ती दोस्रो र ने.रा.आ.वि. धौलागिरी तेस्रो भए । निम्न माध्यमिक तहमा ४ गुणे १०० मिटर रिलेमा जनता मावि सन्तकुटि प्रथम बन्यो । सोही खेलमा आदर्श मावि डिगाउँ दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भए । शटपटमा छात्रतर्फको फाइनल नतिजामा निम्न माध्यमिकतर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालय प्रथम बन्यो । यस्तै, सोही खेलमा जनता मावि सन्तकुटि दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो बने । निम्न माध्यमिक तह अन्तर्गत १०० मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम भयो । सोही खेलमा जेनिथ मावि खजुरा दोस्रो र जनकल्याण मावि शान्तिनगर तेस्रो भए ।

मेयर रनिङ शिल्डमा निम्न माध्यमिक तहतर्फ ८ सय मिटर दौडमा ज्ञानोदय नमुना मावि खजुरा प्रथम बन्यो । सोही खेलमा योगिनी मावि गौघाट दोस्रो र अमर मावि गौतमबस्ती तेस्रो बने । निम्न माध्यमिक तहमा २ सय मिटर दौडतर्फ जेनिथ मावि खजुरा प्रथम भयो । सोही खेलमा ज्ञानोदय मावि खजुरा दोस्रो र अरुणोदय मावि खजुरा तेस्रो भएको खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले जानकारी दिए ।  मेयर रनिङ शिल्डमा निम्न माध्यमिक तह अन्तर्गत लङ्गजम्प खेलमा जनता मावि सन्तकुटि प्रथम, अरुणोदय मावि खजुरा दोस्रो र ज्ञानोदय नमुना मावि खजुरा तेस्रो बने । शनिबार भएको खेलमै निम्न माध्यमिक तह ४ गुणे १०० मिटर रिले दौडमा ज्ञानोदय नमुना माध्यमिक विद्यालय प्रथम बन्यो । सोही खेलमा अरुणोदय मावि खजुरा दोस्रो र जेनिथ मावि खजुरा तेस्रो भए  । शनिबार कराते खेल पनि सन्चालन भएको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिकतर्फ एथ्लेटिक्स भलिवल र कबड्‌डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भएको सचिवालय संंयोजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जनाए । आधारभूत तह कक्षा ६ देखि ८ कम १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी भएका छन । प्राथमिक तह‌मा ६ वटा इभेन्टहरुमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी छन । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गर्ने गरी प्रतियोगिता सञ्चालन र व्यवस्थापन गरिएको फिल्ड मार्सल भण्डारीले जानकारी दिए ।  आइतबार थप खेलहरु सन्चालन हुने र नतिजा पनि प्राप्त हुने रनिङ शिल्ड सन्चालन तथा व्यवस्थापन गरिरहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए । आइतबार पनि विहान ८ बजेदेखि खेलहरु सन्चालन हुनेछन् । 


प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट
नेपालगन्जमा नमुनाको रुपमा साइकल लेन निर्माण गर्दैछौं: नगर प्रमुख विष्ट
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP