नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर २९, २०८२ बागेश्वरी पोस्ट
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजरा (बाँके) । बाँकेको खजुरामा सम्पन्न आठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको शिल्ड ज्ञानोदय नमुना माध्यमिक विद्यालयले उचालेको छ । ज्ञानोदयले मेयर रनिङ शिल्ड मावितर्फ ८ स्वर्ण, ६ रजत र २ कास्य प्राप्त गर्दै शिल्ड उचालेको हो ।  मेयर रनिङ शिल्ड मावितर्फ ७ स्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गर्दै जनता नमुना माध्यमिक विद्यालय दोस्रो भयो । यसैगरी आदर्श मावि डिगाउँ खजुराले मेयर रनिङ शिल्ड माविमा ४ स्वर्ण, १ रजत र १ कास्य प्राप्त गरी तेस्रो स्थान हासिल गरेको हो ।

रनिङ शिल्ड आधारभूततर्फ पनि ज्ञानोदय नमुना माध्यमिक विद्यालय ५ स्वर्ण, १ रजत र १ कास्यसहित प्रथम, जनसेवा मावि पूरैना गिजरा २ स्वर्ण, २ रजत र ३ कास्यसहित दोस्रो र जनता नमुना मावि सन्तकुटी २ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त गरी तेस्रो भएको हो । रनिङ शिल्ड प्राथमिक तहतर्फ २ स्वर्ण र १ रजतसहित गोल्डेन ग्यालेक्सी एकेडेमी प्रथम बनेको थियो । २ स्वर्ण र १ कास्यसहित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनकामनापुर दोस्रो र १ स्वर्ण, ३ रजत र १ कास्य प्राप्त गरी जनता मावि बठवा तेस्रो भएका छन् ।

प्रतियोगितामा मावि स्तरीय अनुशासनतर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालयले पुरस्कार प्राप्त गरेको थियो । निमावि तहमा लिटिल हार्वर एकेडेमीले पुरस्कार प्राप्त गरेको छ भने प्रावि तहमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदारपुरले पुरस्कारहासिल गरेको छ । रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहमको मार्च पासको पुरस्कार पनि प्रदान गरिएको थियो । माध्यमिक तहतर्फ जेनिथ ई. मिडियम बोडिङ्ग स्कूल खजुरा प्रथम, अरुणोदय बोडिङ्ग हाईस्कूल दोस्रो र दीपक ई. मिडियम स्कूल खजुरा तेस्रो हुन सफल भएका थिए ।

मार्चपास आधारभूत तहतर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरी प्रथम, लिटिल हार्वर एकेडेमी दोस्रो र अपोष्टल एकेडेमी खजुरा तेस्रो भए । मार्चपास प्राथमिक तहमा स्टार मन्टेश्वरी एकेडेमी खजुरा प्रथम, अम्बेमाता प्रावि बुद्धपुर दोस्रो र नेराप्रावि गुराँसपुरले तेस्रो पुरस्कार प्राप्त गरे । आठौँ रनिङ शिल्डमा एथ्लेटिक्सतर्फ सर्वोत्कृष्ट छात्रा ज्ञानोदय नमुना माविका अदिती गिरी भइन् । अदितिले ३ वटा गोल्ड जितेकी थिइन् । यस्तै छात्रतर्फ आदर्श मावि खजुराका धिरज दर्नाल ३ गोल्डसहित सर्वोकृष्ट घोषित भए । कबड्डी छात्रातर्फ ज्ञानोदय नमुना माविका सिम्रन सिंह ठकुरी, छात्रतर्फ जनता मावि बठवाका आंशिक नट सर्वोत्कृष्ट खेलाडी घोषित भए । 

यस्तै भलिबल छात्रा छात्रतर्फ जनता नमुना मावि सन्तकुटीका वर्षा गिरी र सुनिल सुनार सर्वोत्कृष्ट घोषित भए । आठौँ अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगितामा भएको छात्रा तथा छात्र भलिबल खेलको उपाधि जनता नमुना मावि सन्तकुटीले हात पारेको हो । भलिबलमा छात्रातर्फ  ज्ञानोदय नमुना मावि दोस्रो र दीपक मावि खजुरा तेस्रो भए । यस्तै छात्र भलिबलतर्फ जनता मावि सन्तकुटी प्रथम हुँदा अरुणोदय मावि दोस्रो र जेनिथ मावि तेस्रो भए । प्रतियोगितामा सम्पन्न छात्रा एथ्लेटिक्सतर्फ ज्ञानोदय नमुना मावि ६ स्वर्ण २ रजत र १ कास्यसहित प्रथम भयो । दोस्रो हुने मनकामना मावि बलभद्रपुरले २ स्वर्ण ल्यायो । तेस्रो भएको जनसेवा मावि पुरैना गिजराले १ स्वर्ण, ३ रजत र २ कास्य ल्याएको थियो । 

छात्र एथ्लेटिक्सतर्फ जनता नमुना मावि सन्तकुटी ४ स्वर्ण, १ रजत र २ कास्यसहित प्रथम भयो । आदर्श मावि डिगाउँले ४ स्वर्ण, १ रजत र १ कास्य ल्याएर दोस्रो बन्यो  । छात्र एथ्लेटिक्सतर्फ २ स्वर्ण, १ रजत र २ कास्यसहित अरुणोदय मावि तेस्रो बनेको थियो । छात्रा कबड्डीतर्फ ज्ञानोदय नमुना मावि प्रथम भयो । छात्रा कबड्डीमा जनसेवा मावि पुरैना गिजरा दोस्रो भयो भने जनता नमुना मावि सन्तकुटी र योगिनी मावि गौघाट तेस्रो भए । यस्तै छात्र कबड्डीतर्फ जनता मावि बठवा प्रथम भयो । दोस्रोमा जनता नमुना मावि सन्तकुटी र तेस्रो नेरामावि गोदहाना र जेनिथ मावि खजुरा भए ।

उपाधि जित्ने विद्यालयहरुलाई सोही कार्यक्रममा नगद पुरस्कार शिल्ड, मेडल, ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।  समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले रनिङ शिल्ड प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न मद्दत गरेको बताए । अध्यक्ष विकले जिल्ला स्तरीय रनिङ शिल्ड उपाधि जित्ने गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह समेत गरे । कार्यक्रम भब्यरुपमा सम्पन्न गर्न सहयोग गर्नेलाई धन्न्यबाद दिए । कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारी, वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर ओली, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाइटी खजुरा शाखा सभापति जीवनाथ सापकोटा, ज्ञानोदय नमुना माविका प्रधानाध्यापक ऋषिराम सापकोटा लगायतले बोलेका थिए ।  

प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिकतर्फ एथ्लेटिक्स, भलिवल र कबड्‌डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ र छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरु सहभागी भएको सचिवालय संयोजक तथा शिक्षा शाखा प्रमुख मल्लले जानकारी दिनुभयो । आधारभूत तहतर्फ १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरु सहभागी भए भने प्राथमिक तह‌का ६ वटा इभेन्टहरुमा छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरु सहभागी थिए । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरुले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गरेको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए । खजुरा ४ को मिनी रङ्गशालामा मंसिर २६ देखि सुरु भएको प्रतियोगिता सोमबारसम्म चलेको हो ।
 
 


प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
खजुरामा मेयर रनिङ शिल्डः नतिजा आउन सुरु
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
दोस्रो सिजनको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जित्यो
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP