नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको वरियतामा
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको वरियतामा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १०, २०८२ बागेश्वरी पोस्ट
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको वरियतामा

नेपालगन्ज । नेपालगन्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरियतामा नेपालबाट सुचिकृत हुने बढी उमेरका एक मात्र धावक बनेका छन् । गत मंसिर २२ गते सम्पन्न ११औं धारा नेपालगन्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किमी दुरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि मंगलेको नाम विश्व वरियतामा लेखिएको हो । उनको जन्म २०१५ असार २७ गते हो ।

संसारका उत्कृष्ट म्याराथन रेसहरुलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वर्ल्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकहरुको सुचिकृत गर्दै वरियताक्रम निर्धारण गर्दछ । साथै मेजर म्याराथनको नतिजा र इलाइट रनरहरुको प्रदर्शनलाई पनि मापन गर्दै अवसर र पुरस्कृत समेत गर्दछ । वर्ल्ड म्याराथन मेजर्सको ६५–६९ बर्ष उमेर समूहमा नेपालबाट एक मात्र धावक मंगले विश्व वरियताको २६७८ नम्बरमा रहेका छन् ।

मंगले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ निवासी हुन् । मंगलेको उपलब्धिमा वडा नम्बर १२का अध्यक्ष तरुण बज्राचार्यले खुशी व्यक्त गरे । ‘६८ बर्षको उमेरमा पनि मंगले दाइले प्राप्त गरेको उपलब्धि वडाको मात्र नभई सिंगो सहरको लागि गर्वको बिषय हो ।’ उनले भने –‘यसले दौड संस्कृतिको विकासमा टेवा पुग्छ, समाजलाई स्वस्थ बनाउन सघाउँछ, साथै नेपालगन्जलाई अन्तर्राष्ट्रिय मन्चमा स्थापित गर्दै जान्छ ।’ त्यसैगरी सिकागो म्याराथनमा ३ः३३ः०८ को समय निकालेका नेपालका अशोक कुमार चापागाइँ ६०–६४ बर्ष उमेर समूहमा विश्व वरियताको १७०३ नम्बरमा छन् ।

त्यस्तै नेपालगन्ज म्याराथनमा ३ः४५ः१२ समयमा दुरी पूरा गरेका रमेश शाक्य ५५–५९ बर्ष उमेर समूहमा विश्व वरियताको ७३३४ स्थान र आबुधावी म्याराथनमा ४ः३०ः५० को समय निकालेका देब कुमार कुँवर १६०८३ स्थानमा छन् । ५०–५४ बर्ष उमेर समूहमा नेपालबाट पाण्डव महतो ३ः०६ः४५ समयका साथ २६९८, उमेश मानन्धर ३ः५२ः३६ समयसहित १६०८०, युवराज खनाल ३ः५४ः४८ समयसहित १६९३०, भरत कुमार श्रेष्ठ ४ः०६ः३० सहित २१०१४ स्थान, टीबहादुर हमाल ४ः३०ः४९ सहित २७६९९ र राजेश श्रेष्ठ ४ः४१ः४२ समयका साथ ३००७२ बरियतामा छन् । यसमा पाण्डव, युवराज र राजेशले न्युयोर्क सिटी म्याराथन, हमालले आबुधावी र भरतले नेपालगन्ज म्याराथनमा दौडिएका थिए । भरत बाँकेको खजुराका बासिन्दा हुन् ।

त्यस्तै ४५–४९ बर्ष उमेर समूहमा सुशील कुमार श्रेष्ठ, कुमार प्रसाद अधिकारी, श्याम चालिसे, सूर्य गुरुङ, यलम्बर श्रेष्ठ, कुमार श्रेष्ठ, सन्देश कुमार श्रेष्ठ, प्रेम गिरी, कुमार विक्रम रेग्मी नेपालको शीर्ष ९ भित्र छन् भने विश्व बरियतामा न्युयोर्क सिटी म्याराथनमार्फत सुशील २ः५०ः०८ समयका साथ १२२६, नेपालगन्ज म्याराथनमा भाग लिएका कुमार ३ः२६ः१९ समयका साथ १०९८४, सिकागो म्याराथन दौडिएका श्यामले ४ः०४ः१८ समयका साथ २६२०४, भ्यालेन्सिया म्याराथन कुदेका सूर्य ४ः०४ः२० समयका साथ २६२१२, आबुधाबी म्याराथन दौडिएका यलम्बर ४ः१८ः५४ समयसहित ३०६३८ स्थान, सिकागो म्याराथन कुदेका कुमार श्रेष्ठले ४ः३०ः४५ समयका साथ ३४२०८, न्युयोर्क सिटी म्याराथन दौडिएका सन्देश ४ः३३ः३२ समयका साथ ३४८५३, आबुधाबी म्याराथन कुदेका प्रेम गिरी ४ः४८ः११ समयका साथ ३८२५१ र थाइल्याण्डको बाङ्सेन ४२ चोनबुरी म्याराथन कुदेका कुमार विक्रम अधिकारी ४ः५०ः४३ समयका साथ ३८७८० स्थानमा रहेका छन् ।

सुर्खेतका कुमार हाल नेपाली दुतावास (बैंकक, थाइल्याण्ड) मा कार्यरत छन् ।४०–४४ बर्ष उमेर समूहमा नेपालबाट शीर्ष दशभित्र क्रमशः मुहाइजरबीन मोहम्मद, सन्तोष राई, बलदेव कुँवर, तपेश जोशी, प्रकाश प्रसाई, ललित शाही, माधव बुढाथोकी, विकल गुरुङ, बिरेन्द्र गुरुङ र कृष्ण कुमार महर्जन रहेका छन् । विश्व बरियतामा भने मुहाइजरबीन १२७५ नम्बरमा छन् । क्वालालम्पुर म्याराथनमा २ः४४ः३६ सयमले उनलाई विश्व बरियता प्रदान गरेको हो । सन्तोष राईले भ्यालेन्सिया म्याराथनमा ३ः००ः१९ को समयले विश्व बरियतामा ५६५६ नम्बर दिएको छ । बलदेव कुवँर सिकागो म्याराथनमा ३ः०३ः४३ समय निकाल्दै ६४८८, तपेश जोशीले फिलाडेल्फिया म्याराथनमा ३ः१४ः४५ समयका साथ १०१७१, प्रकाश प्रसाईंले क्यालिफोर्निया इन्टरनेसनल म्याराथनमा ३ः४३ः२२ समय निकाल्दा २२१६०, ललित शाहीले आबुधावी म्याराथनमा ३ः५८ः०५ समय निकाल्दा २९६६४, माधव बुढाथोकीले आबुधावी म्याराथनमा ४ः१९ः३२ समय निकाल्दा ३७६९०, विकल गुरुङले न्युयोर्क सिटी म्याराथनमा ४ः२३ः४७ समयका साथ ३८९५३, वीरेन्द्र गुरुङले न्युयोर्क सिटी म्याराथनमा ४ः२८ः२४ समयका साथ ४०५४५ र कृष्ण कुमार महर्जनले नेपालगन्ज म्याराथनमा ४ः३७ः५१ सयम निकाल्दा ४३१९९ मा पर्न सफल भएका छन् ।

यही उमेर समूहमा निरज लवजुले छेन्दु इन्टरनेशनल म्याराथनमा ५ः०१ः५१ समयका साथ ४९११०, भिष्म पाण्डले न्युयोर्क सिटी म्याराथनमा ५ः०६ः१९ समयका साथ ४९८१६, आमोद प्रसाद आचार्यले न्युयोर्क सिटी म्याराथनमा ५ः१५ः२३ समयका साथ ५११४७, मेघराज लामाले आबुधाबी म्याराथनमा ५ः१९ः०१ समयका साथ ५१७०१, पुर्ण बहादुर ओलीले आबुधाबी म्याराथनमा ६ः०३ः२४ समयसहित ५६५६५ र रबिन कुमार राईले गल्फ बैंक ६४२ म्याराथनमा ६ः१४ः३१ समयका साथ ५७२२६ स्थान हासिल गरेका छन् ।

त्यस्तै महिलातर्फ ५०–५४ बर्ष उमेर समूहमा पुनम राई र इन्दिरा चापागाईं सुचिकृत छन् । पुनमले न्युयोर्क सिटी म्याराथनमा ३ः५४ः३१ समय निकाल्दै नेपालको शीर्ष तथा विश्व बरियतामा २८१७ स्थान हासिल गर्दा इन्दिराले सिकागो म्याराथनमा निकालेको ४ः४३ः२० को समयले नेपालको दोस्रो तथा विश्व बरियताको ८३६४ स्थान दिलाएको छ । ४५–४९ बर्ष उमेर समूहमा स्वरुपा खड्का र सकुन अधिकारी रहेका छन् । स्वरुपाले न्युयोर्क सिटी म्याराथनमा ३ः११ः०० को समयले विश्व बरियतामा ३५४ स्थान दिलाएको छ भने सकुनका लागि सिकागो म्याराथनमा निकालेको ५ः२७ः५१ को समयले १६२७० स्थान दिलाएको छ । वर्ल्ड एथ्लेटिक्सको वरियतामा भने नेपालबाट सन्तोषी श्रेष्ठको मात्र नाम सुचिकृत छ ।

 


प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP