नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, पुस १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १५, २०८२ बागेश्वरी पोस्ट
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालित आठौं विद्यालय स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगितामा नेपालगञ्ज मोडेल एकेडेमी (एनएमए) प्रथम भएको छ । माध्यमिक विद्यालयतर्फ प्रथम हुँदै एनएमएले ट्रफी र नगद पुरस्कार ५० हजार रुपैयाँ हात पारेको छ । यस्तै द्वितीय हुँदै धम्बोजी माध्यमिक विद्यालयले ट्रफी र नगद पुरस्कार २५ हजार रुपैयाँ प्राप्त गरेको छ भने तृतीय हुन सफल युनाइटेड एजुकेशनल एकेडेमीले ट्रफी र नगद पुरस्कार १२ हजार ५ सय रुपैयाँ हात पारेको छ । उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्रसंगै नगद ५ हजार रुपैयाँले सम्मान गरिएको छ । 

May be an image of one or more people and textMay be an image of text

छनौट प्रतियोगितामा आधारभूत तहतर्फ भने मङ्गल प्रसाद नमुना माध्यमिक विद्यालय प्रथम भयो । उसले ट्रफी र नगद पुरस्कार १० हजार रुपैयाँ हात पारेको छ । यस्तै युनाइटेड एजुकेशनल एकेडेमी द्वितीय हुँदै ट्रफी र नगद पुरस्कार ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्न सफल भयो भने तृतीय भएको होलिल्याण्ड इंग्लिश सेकेण्डरी स्कूलले नगद पुरस्कार ५ हजार रुपैयाँ प्राप्त गरेको छ । उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्रसहित नगद ५ हजार रुपैयाँले सम्मान गरिएको थियो ।

May be an image of one or more people, crowd and text 
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा प्याब्सन नेपालगञ्जको व्यवस्थापनमा प्रतियोगिता ११ गतेदेखि सञ्चालन भएको हो । समापन तथा पुरस्कार वितरण कार्यक्रमका सभापति नेपालगञ्जका उपमेयर कमरुद्दिन राईले विजेता विद्यार्थीहरूलाई बधाई दिए । व्यवस्थापक प्याब्सन नेपालगञ्जका अध्यक्ष मान बहादुर थापाले खेलमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरे । 

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले विजेतालाई शिल्ड, प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन मंगलकी प्रधानाध्यापक सन्ध्या गुप्ताले गरेकी थिइन् । 

यसैबीच माध्यमिक तह मार्च पासतर्फ मङ्गल प्रसाद नमुना माध्यमिक विद्यालय र जय बागेश्वरी माध्यमिक विद्यालय प्रथम, फुलटेक्रा माध्यमिक विद्यालय द्वितीय र सगरमाथा इङ्लिश बोर्डिङ स्कुल तृतीय भए । यस्तै आधारभूत तहतर्फ भने आधारभूत विद्यालय घरबारीटोल प्रथम, लिभिङ स्टोन एकेडेमी र पाटेर्श्वरी आधारभूत विद्यालय द्वितीय तथा आधारभूत विद्यालय जयसपुर तृतीय भएका छन् । महेन्द्र माध्यमिक विद्यालय र डकार इंग्लिश बोर्डिङ स्कूलले अनुशासन शिल्ड जितेको प्याब्सन नगर सचिव विज्ञान शाहले जानकारी दिए । 

 


प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कपमा मावितर्फ एनएमए र आधारभूततर्फ मंगल प्रथम
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगञ्जमा चौथो खुला व्यायाम प्रतियोगिता सम्पन्न
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगन्जमा आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा
८औँ राष्ट्रपति रनिङ शिल्ड तथा नेपालगन्ज मेयर कपको तयारी पूरा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP