नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मृगौला रोग पीडित बरिष्ठ कलाकार निर्मोहीलाई सहयोग हस्तान्तरण
मृगौला रोग पीडित बरिष्ठ कलाकार निर्मोहीलाई सहयोग हस्तान्तरण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस ३०, २०८२ बागेश्वरी पोस्ट
मृगौला रोग पीडित बरिष्ठ कलाकार निर्मोहीलाई सहयोग हस्तान्तरण

नेपालगन्ज । बरिष्ठ कलाकार कमल बिके निर्मोहीको उपचार सहयोगका लागि ५ लाख ६३ हजार ४ सय ७७ रुपैयाँ सहयोग प्रदान गरिएको छ । मृगौला रोगबाट पीडित निर्मोहीको उपचार सहयोगका लागि गठित समितिले सो रकम बरिष्ठ कलाकार निर्मोहीलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा समितिले संकलन गरेको रकम रु. ५ लाख ३५ हजार ४ सय ७७, बाँके कला केन्द्रबाट संकलित रकम रु. २१ हजार, कमिट नेपालद्वारा रु. ५ हजार र अपांगता अधिकारकर्मी हरिकला थापाद्वारा रु. २ हजार गरी जम्मा ५ लाख ६३ हजार ४ सय ७७ रुपैयाँ बरिष्ठ कलाकार निर्मोहीलाई सहयोग गरिएको हो ।

समितिको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा सो रकमको चेक सहयोग गरिएको हो । समितिका संयोजक बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक शाह लगायत समितिका सदस्यहरुले सो रकमको चेक बरिष्ठ कलाकार कमल निर्मोही र उनकी धर्मपत्नी हेरम देवी बिश्वकर्मालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार निर्मोहीले सहयोगका लागि आभार प्रकट गरे । उनले भने–'यो सहयोग म प्रतिको शुभेक्षा सहित मेरो सम्मान हो ।' कार्यक्रममा बोल्दै समितिका संयोजक बास नेपालका कार्यकारी निर्देशक शाहले गत असोज ३१ गते सहयोग समिति गठन भई समितिको सार्वजनिक आह्वानका साथै बिभिन्न कार्यक्रमहरुबाट संकलित रकम सहयोग गरिएको बताए । समिति उपचार सहयोगका लागि क्रियाशिल रहने उल्लेख गर्दै सहयोग अभियान निरन्तर चल्ने उनले बताए ।

कार्यक्रममा समितिका सदस्य तथा नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बरिष्ठ कलाकार तथा बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङ, बरिष्ठ साहित्यकार किरण आचार्य, कमिट नेपालका लेखा अधिकृत गोपाल नेपाली लगायतले निर्मोहीको व्यक्तित्व र सहयोग अभियानबारे बोलेका थिए ।

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत समितिका सदस्य तथा बरिष्ठ कलाकार जित बहादुर थापाले गरेका थिए भने कार्यक्रमको समापन समिति सदस्य तथा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले गरेका थिए ।

कार्यक्रममा बौद्धिक व्यक्तित्व डा. जनार्दन आचार्य, नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य कमल कार्की, बास नेपालका अध्यक्ष शिव कुमार बर्मा, पूर्ब अध्यक्ष रमेश सिटौला, निबर्तमान अध्यक्ष लुना बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

तीन दशक भन्दा बढी समय नेपाली लोक संगीत र सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी बिगत डेढ बर्षदेखि अस्वस्थ छन् । अस्वस्थ भएर नेपालगन्जस्थित आफ्नै घरको ओछ्यानमा निर्मोही सीमित बनेका छन् । सञ्चार र संगीत कर्मका माध्यमबाट दर्शक र श्रोतालाई मनोरञ्जन दिने वरिष्ठ रेडियोकर्मी तथा लोकगायक निर्मोही अहिले जीवनकै कठिन अवस्थासँग मुकाबिला गरिरहेका छन् । मृगौला रोगबाट पीडित निर्मोहीको हाल डायलाइसिस भइरहेको छ । हप्तामा दुई पटक डायलाइसिस गरिरहेका निर्मोहीको दुबै मृर्गौला फेल भएका कारण नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक छ । जसका लागि मिर्गौला दान गर्ने दाता र आर्थिक सहयोग गर्ने दाताहरुको आवश्यकता उनलाई छ ।


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP