नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ ३, २०८२ बागेश्वरी पोस्ट
आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको औपचारिक बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विशेष कार्यक्रमको आयोजना गर्दै टोलीलाई सफल यात्राको शुभकामना सहित बिदाइ गरेको हो ।

विश्वकपअघि तयारीलाई अझ धारिलो बनाउने उद्देश्यले नेपाली टोलीले श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने भएकाले टोलीलाई समयमै बिदाइ गरिएको क्यानले जनाएको छ । नेपाली टोली आइतबार नै गन्तव्यतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

बिदाइ समारोहमा क्यानका सचिव पारस खड्काले विश्वकप नेपाली क्रिकेटका लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै टोलीलाई शुभकामना दिए । उनले नेपालले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको भन्दै भारतमा नेपाली समर्थकहरूको उत्साहजनक साथ पाउने विश्वास व्यक्त गरे ।

टोलीका कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताए । अभ्यास खेलहरूले टोलीलाई आत्मविश्वास दिएको उल्लेख गर्दै उनले अघिल्लो वर्षजस्तै यस वर्ष पनि नेपाली क्रिकेटका लागि सकारात्मक नतिजा ल्याउने आशा व्यक्त गरे । उनले विश्वकपमा सम्पूर्ण नेपालीलाई गर्व गराउने लक्ष्य रहेको पनि बताए ।

प्रमुख प्रशिक्षक स्टुअर्ट लले अभ्यास शृंखलामार्फत रणनीति अन्तिम रूप दिइने र विश्वकपमा प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । उनले राम्रो खेलमार्फत नेपाली समर्थकहरूलाई खुसी दिन चाहेको बताए ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीको तयारी सशक्त देखिएको उल्लेख गर्दै भारतको कन्डिसन नेपालसँग मिल्ने भएकाले राम्रो प्रदर्शनको अपेक्षा गरिएको बताए ।

नेपाली टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । विश्वकपअघि श्रीलंका पुगेर श्रीलंका ‘ए’ टोलीसँग तथा भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ विरुद्ध अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ ।

यसअघि नै कप्तान रोहित पौडेलको नेतृत्वमा विश्वकपका लागि नेपाली टोलीको घोषणा भइसकेको छ ।


प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP