नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • 'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो
बागेश्वरी पोस्ट
सोमबार, चैत २, २०८२ बागेश्वरी पोस्ट
'केपीएल' क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचाल्यो

नेपालगञ्ज । कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसी) ले उचालेको छ । सोमबार भएको फाइनल खेलमा न्यू होराइजन स्पोर्ट्स क्लबलाई सुपर-ओभरमा हराउँदै युभिसिसीले प्रतियोगिताको उपाधि उचालेको हो । न्यू होराइजनले टस जितेर पहिला बलिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३६ रन बनाएको थियो । उसका लागि दिपेन्द्र सिंह ऐरीले ४२ बलमा सर्वाधिक ६९ रन बनाएका थिए । यस्तै विपिन शाहीले २४ बलमा १८ रन र अर्जुन साउदले १५ बलमा १६ रन बनाए । अन्य ब्याटरहरुले भने दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ न्यू होराइजनका लागि प्रेम गुप्ताले ४ ओभरमा ११ रन मात्रै खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै निश्चल ज्ञवालीले २ विकेट लिए भने प्रिन्स पाल, मोहम्मद हुसेन र अमर मिश्रले १-१ विकेट लिए । न्यू होराइजनले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको युनाइटेडले १९.३ ओभरमा १ सय ३६ रन बनाउँदै अलआउट हुँदा खेल सुपर-ओभरमा पुग्यो । टिमका लागि मोहम्मद हुसेनले १२ बलमा २९ रन र अमर मिश्रले २६ बलमा सर्वाधिक २९ रन बनाए । सुपर-ओभरमा पहिला ब्याटिङ गरेको न्यू होराइजन स्पोर्ट्स क्लबले निर्धारित १ ओभरमा दुई विकेट गुमाउँदै ६ रन बनाएको थियो । टिमका लागि अमर मिश्रले ३ रन बनाए भने सन्दिप मौर्याले एक रन बनाएर आउट भए । न्यू होराइजनले दिएको ७ रनको लक्ष्य पछ्याएको युनाइटेड भिजन क्रिकेट क्लबले ०.४ ओभरमा ७ रन बनाउँदै सहज १० विकेटको जित हासिल गरेको हो । टिमका लागि दिपेन्द्र सिंह ऐरीले ३ रन र आदिल आलमले अविजित २ रन बनाएर उपाधि आफ्नो पक्षमा पारे । उपाधि विजेता युभिसिसीले नगद ४ लाख पाउँदा उपविजेता न्यू होराइजनले नगद २ लाखमा चित्त बुझायो ।

प्रतियोगितामा न्यू होराइजन स्पोर्ट्स क्लबका अमर मिश्र १ सय ६५ रन र ६ विकट लिँदै उत्कृष्ट खेलाडी घोषित भए । उनले बिबि साइकल स्टोरको तर्फबाट साइकल र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै न्यू होराइजनका आरिफ खान १ सय ७१ रन बनाउँदै उत्कृष्ट ब्याटर बने भने युभिसिसीका सन्तोष यादव ८ विकट लिँदै उत्कृष्ट बलरका रुपमा घोषित भए । उनीहरु दुवै जनाले नगर १०-१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर क्रिकेट रङ्गशालामा फागुन २८ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको संरक्षक कोहलपुर नगरपालिका रहेको थियो । बाँके जिल्ला क्रिकेट सङ्घको समन्वय र कोहलपुर क्रिकेट स्पोर्ट्स एकेडेमी कोहलपुरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । विभिन्न ६ वटा टिमले प्रतियोगितामा भाग लिएका थिए ।

 

 


प्रकाशित मिति: सोमबार, चैत २, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
नेपालगञ्जमा भेट्रान फुटसल प्रतियोगिता हुँदै
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी पोखरीलाई कपडा धुने वाशिङ मेसिन सहयोग
नाइजेरियन जोन क्लबले जित्यो प्रथम खजुरा गोल्डकपको उपाधि
नाइजेरियन जोन क्लबले जित्यो प्रथम खजुरा गोल्डकपको उपाधि
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP