नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत २८, २०८२ बागेश्वरी पोस्ट
युनाइटेडका कक्षा १२ का विद्यार्थीको बिदाई

नेपालगञ्ज । नेपालगञ्ज-१२ मुक्तिपुरस्थित युनाइटेड एजुकेशनल एकेडेमीले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता कक्षा ११ का विद्यार्थी मिथिलेश बर्माले गरेका थिए भने राष्ट्रिय परीक्षा बोर्ड कोहलपुर कार्यालयका प्रमुख प्रकाश शाही प्रमुख अतिथि थिए ।

शाहीले कक्षा १२ जीवनको महत्वपूर्ण मोड भएको उल्लेख गर्दै परीक्षालाई आत्मविश्वासका साथ सामना गर्न आग्रह गरे । उनले भने, “जीवनमा सफलता पाउन मेहनत, धैर्य र स्पष्ट लक्ष्य आवश्यक हुन्छ । विद्यार्थीहरूले सकारात्मक सोच र निरन्तर अभ्यासलाई आफ्नो बानी बनाउनुपर्छ ।”

कार्यक्रममा प्रबन्ध निर्देशक विकास बज्राचार्य, प्रिन्सिपल जीवराज भण्डारी तथा +२ निर्देशक गणेश प्रसाद पाठक लगायतले विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै सफलता हासिल गर्न निरन्तर मेहनत र अनुशासन आवश्यक रहेको बताए ।

शैक्षिक अभियन्ता तथा मोटिभेटर क्षेत्र प्रसाद ज्ञवालीले प्रेरणादायी मन्तव्य राख्दै असफलतालाई सिकाइको अवसरका रूपमा लिन सुझाव दिए । उनले भने, “असफलताबाट डराउनु हुँदैन, त्यसलाई सिक्ने अवसरका रूपमा लिनुपर्छ । ठूलो सपना देख्नुस् र त्यसलाई पूरा गर्न दृढताका साथ अघि बढ्नुस् । ”

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति (एकल एवम् सामूहिक नृत्य) प्रस्तुत गरी वातावरणलाई रमाइलो बनाएका थिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायत अतिथिहरुको उपस्थिति थियो ।


प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सव नेपालगञ्जमा सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
रेष्टद्वारा खजुरामा सामाजिक परीक्षण सम्पन्न
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
राप्तीसोनारीमा ‘अध्यक्षसँग विद्यार्थी’ : शिक्षादेखि भविष्यसम्म खुला संवाद
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
गर्मी अत्यधिक बढेपछि नेपालगञ्जका विद्यालयमा फेरि विदा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP