नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त
नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ५, २०८३ बागेश्वरी पोस्ट
नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त

खजुरा (बाँके) । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न निकै प्रतिष्पर्धात्मक अन्तिम सेमिफाइनल खेलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन क्लब ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।नाइजेरियाकाे तर्फबाट ३९औं मिनेटमा ताजुदिन अकिनसाेला र ७८औं मिनेटमा ओेलाबी अफिजले गाेल गरेका थिए ।
फाेर ब्रदर्स एफसीबाट अभिषेक महताेले गाेल गरेका थिए । याे खेलमा नाइजेरियन जाेनका ३ जना र फाेर ब्रदरका २ जनाले पहेंलाे कार्ड पाएका थिए ।

फाइनल प्रवेशसंगै नाइजेरियन टोलीले जेविएम फूटबल एकेडेमी लखनउसंगको उपाधि भिडन्त पक्का गरेको हो । दुबै प्रतियोगिताका विदेशी टोली हुन् । आइतबार अब उपाधिका लागि प्रतिष्पर्धा हुनेछ । आइतबार ४ बजे फाइनल खेल हुने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । नाइजेरियन जोन क्लबले नकआउट चरणमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब खजुरालाई १–० गोल अन्तरले हराउँदै जेविएमले सेमिफाइनलको यात्रा तय गरेको थियो । खजुरा-४ डि-गाउँस्थित मिनी रंगशालामा प्रतियोगिता भइरहेको छ । 

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता नकआउट आधारमा खेलाइएको  हो । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ । वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन् । आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले सहयोग रकम प्राप्त भइसकेको बताए । थापाले आफ्नो पिता स्व. गजबहादुर सिजालीको स्मृतिमा सहयोग गरेको बताए । प्रतियोगिताका सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एम्टी एरिना लगायतले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  २०:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र  स्विट्जरल्यान्डले पनि अंक बाँडे
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र स्विट्जरल्यान्डले पनि अंक बाँडे
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा  रातो कार्ड
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा रातो कार्ड
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP