नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २२, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आवास बीमा कार्यक्रम लागू भएपछि पहिलो बीमा दाबी भुक्तानी गरिएको छ । पहिलो लाभग्राहीका रुपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का उत्तम सिंह पंजावीलाई नगर प्रमुख प्रशान्त विष्टले बीमा रकम हस्तान्तरण गरेका हुन् । २ लाख ३२ हजार ९ सयको चेक हस्तान्तरण गरिएको हो । त्यस अघि राष्ट्रिय बीमा कम्पनी नेपालगञ्ज शाखा प्रमुख नवीन पौडेलले नगर प्रमुख विष्टलाई चेक हस्तान्तरण गरेका थिए । गत भदौमा अविरल वर्षाका कारण पंजावीको घर भत्किएको थियो । बीमा रकम पाएपछि पंजावी परिवारले खुसी व्यक्त गरे । 

नगर प्रमुख विष्टले आवास बीमा कार्यक्रमलाई विपद् व्यवस्थापनको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे । उनले भने, “विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन, तर त्यसको असर कम गर्न हामीले पूर्व तयारी गर्न सक्छौं । आवास बीमा कार्यक्रमले विपद् प्रभावित परिवारलाई तत्काल राहत दिने काम गरेको छ । आगामी दिनमा यस कार्यक्रमलाई थप विस्तार गर्दै सबै जोखिमयुक्त घरधुरीलाई समेट्ने हाम्रो लक्ष्य छ ।” त्यस अवसरमा विपद् समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिर प्रताप सिंह, ९ का वडा अध्यक्ष गोविन्द रेग्मी, उपसचिव गोर्ख बहादुर थापा लगायतको उपस्थिति थियो । 

May be an image of one or more people, people studying and text

विपद्जन्य घटनाबाट घरमा क्षती पुगेमा त्यसको क्षतिपूर्तिमा सहजताका लागि नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा आवास बीमा कार्यक्रम लागू गरेको छ । राष्ट्रिय बीमा कम्पनीमार्फत हालसम्म १८४ परिवारको जोखिमयुक्त घरको बीमा गरिएको विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले जानकारी दिए । उपमहानगरपालिकाले प्रिमियम आफैं तिरिदिएर बीमामा प्रेरित गरेको छ । क्षती आंकलन गरी राष्ट्रिय बीमा कम्पनीबाट १५ लाखसम्मको बीमा कभर गरिन्छ । अहिले वडा नम्बर ८ र ११ मा पनि कार्यक्रम विस्तार गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । नेपालगञ्जले सुरु गरेको बीमा कार्यक्रम नरैनापुर, कोहलपुर र खजुरा गाउँपालिकाले पनि यसै आर्थिक बर्षबाट कार्यान्वयन गर्ने बताइएको छ ।

विपद पूर्व तयारी र व्यवस्थापनमा सुपर कार्यक्रमले प्राविधिक सहकार्य गरिरहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १९:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP