नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाल पुलिस क्लब कोहलपुर गोल्डकपको फाइनलमा
नेपाल पुलिस क्लब कोहलपुर गोल्डकपको फाइनलमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २४, २०८३ बागेश्वरी पोस्ट
नेपाल पुलिस क्लब कोहलपुर गोल्डकपको फाइनलमा

 

नेपालगञ्ज । नेपाल पुलिस क्लब कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यो संगै पुलिसले आयोजक कोहलपुर रेसिङ सहारा क्लबसंगको फाइनल भिडन्त पक्का गरेको छ । बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब (कर्णाली) लाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेल निर्धारित ९० मिनेटको समयमा बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा पुगेको थियो । 

टाइब्रेकरमा पुलिसका कप्तान राम वगाले, सञ्जिव लामा, हेमन्त श्रेष्ठ, सुजन मगर र अनिल टमाटाले गोल गर्दै टिमलाई जित दिलाए । रोयलका करण शाही, दिवश विसी र विक्रम अली मात्र सफल भए । कप्तान सुदन विकको सुरूकै प्रहार गोलपोष्टबाट बाहिरिएपछि रोयलमाथि दबाब बढेको थियो । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका गणेश पुन मगर ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । शनिबार फाइनल खेल हुनेछ ।

स्मरणीय छ, वर्क परमिट नलिएका बिदेशी खेलाडी सहभागी नगराउन जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन दिएपछि दोस्रो सेमिफाइनल खेलको समिकरण बदलिएको हो । लिग चरणको खेल जितेर सेमिफाइनलमा पुगेको जस्ट जोन एफसी (नाइजेरिया) को टिम वर्क परमिटका कारण प्रतियोगिताबाट बाहिरिएपछि जस्ट जोन एफसीको स्थानमा रोयल फुटबल क्लब (कर्णाली प्रदेश) ले मौका पाएको हो ।  

प्रतियोगितामा आयोजक कोहलपुर रेसिङ सहारा क्लब, पञ्चकोशी युवा क्लब, लालीगुराँस एसोसिएसन क्लब, सातदोबाटो युवा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), रोयल फुटबल क्लब (कर्णाली), राइजिङ स्टार क्लब (नवलपरासी) र नेपाल पुलिस क्लब सहभागी छन् ।

प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कोहलपुर-२ स्थित तेह्र बिघा खेल मैदानमा गत शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता बैशाख २६ गतेसम्म चल्नेछ । 

 


प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  २०:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
विश्वकप: नर्वे, अर्जेन्टिना र फ्रान्स नकआउट चरणमा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP