नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ७, २०८३ बागेश्वरी पोस्ट
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया

नेपालगञ्ज । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले आज नेपालगञ्जमा सञ्चार संस्था तथा सञ्चारकर्मीसँग 'सहकार्य एवं अन्तरक्रिया कार्यक्रम' सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रले शिक्षा क्षेत्रमा गरिरहेको अनुसन्धान, सिकाइ उपलब्धि परीक्षण तथा आगामी योजनाबारे जानकारी गराएको थियो ।

कार्यक्रममा केन्द्रकी निर्देशक प्रमिला बखतीले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यार्थीहरुको सिकाइ उपलब्धि परीक्षण, पठनपाठन तथा गणितीय सीप मूल्याङ्कन, सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षण, शिक्षा सम्बन्धी समसामयिक विषयमा अनुसन्धान तथा प्रारम्भिक सिकाइ र विकास स्तरमा आधारित परीक्षण जस्ता अनुसन्धानात्मक कार्य गरिरहेको जानकारी दिइन् । हालसम्मको अध्ययनमा सिकाइ उपलब्धिका आधारमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ भने कर्णाली प्रदेश पछाडि रहेको तथ्यांक प्रस्तुत गरिएको छ । अनुसन्धानका क्रममा अभिलेख प्रणाली, सुशासन र जवाफदेहिताका पक्ष कमजोर देखिएको पनि उनले बताइन् ।

कार्यक्रममा केन्द्रका महानिर्देशक जयराम अधिकारीले अनुसन्धानबाट विद्यार्थीहरुको सिकाइ उपलब्धि अपेक्षाकृत कमजोर देखिएको उल्लेख गर्दै अनुसन्धान प्रक्रिया अझ वैज्ञानिक र प्रविधिमैत्री बनाउने तयारी भइरहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षमा नमुना परियोजनाका रूपमा देशभरका एक सय विद्यालयमा शैक्षिक गुणस्तर परीक्षण सञ्चालन गरिने पनि बताए । सानोठिमी भक्तपुरस्थित शैक्षिक गुणस्तर परीक्षण केन्द्र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत केन्द्रीय निकायका रुपमा रहेको छ ।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईले शैक्षिक गुणस्तर परीक्षणले शिक्षा क्षेत्रको सुधार तथा प्रभावकारी योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अनुसन्धानलाई वैज्ञानिक, यथार्थपरक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउँदै अनुसन्धानबाट प्राप्त निष्कर्ष कार्यान्वयनमा गम्भीर बन्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा सञ्चारकर्मीसँग अन्तरक्रिया
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
एसइईमा युनाइटेडको उत्कृष्ट नतिजा, दुई छात्राले ल्याए ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
दिब्यज्योतिको एसईईमा सतप्रतिशत सफलता, सृष्टि गिरीले ल्याइन् ४ जिपिए
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा वैशाख ७ देखि भर्ना, पठनपाठन १५ गतेदेखि
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP