नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा रातो कार्ड
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा रातो कार्ड
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २९, २०८३ बागेश्वरी पोस्ट
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा  रातो कार्ड

नेपालगन्ज  । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

मेक्सिको सिटीस्थित ऐतिहासिक अज्टेका स्टेडियममा खचाखच दर्शकमाझ सम्पन्न खेलमा घरेलु टोलीका जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । विश्वकपको इतिहासमा तीन संस्करणको आयोजना गर्ने पहिलो रंगशाला बनेको अज्टेकामा मेक्सिकोले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो ।

खेलको नवौं मिनेटमै क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । दक्षिण अफ्रिकी रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै उनले इरिक लिराको पासलाई जाली चुमाएका थिए । पहिलो हाफमै उनले अर्को अवसर सिर्जना गरे पनि उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

दक्षिण अफ्रिकाका सेफेलो सिथोले ४९औं मिनेटमा विपक्षी खेलाडीमाथि फाउल गरेपछि सिधै रातो कार्ड पाए । त्यसपछि १० खेलाडीमा सीमित भएको टोली थप दबाबमा परेको थियो ।

मेक्सिकोले ६७औं मिनेटमा दोस्रो गोल थप्यो । अनुभवी फरवार्ड राउल जिमेनेजले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

दक्षिण अफ्रिकाको अवस्था झन् कठिन बन्दा ८४औं मिनेटमा थेम्बा ज्वाने पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । नौ खेलाडीमा झरेको दक्षिण अफ्रिकाले बाँकी समय संघर्ष गरे पनि खेलमा फर्किन सकेन ।

यता, इन्जुरी समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाए । यससँगै उद्घाटन खेलमा कुल तीन खेलाडी मैदानबाट निष्कासित भए ।

यस जितपछि समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण तीन अंक बटुलेको छ । पराजयसँगै दक्षिण अफ्रिकामाथि आगामी खेलहरूमा नतिजा निकाल्ने दबाब बढेको छ । 


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ०७:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP