नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २९, २०८३ बागेश्वरी पोस्ट
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित

नेपालगन्ज  । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा एशियाली राष्ट्र दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको छ । खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक हात पारेको हो । 

खेलभर बल नियन्त्रणमा प्रभुत्व जमाएको दक्षिण कोरियाले सुरुआती अग्रता भने जोगाउन सकेन । ५९औँ मिनेटमा लाजिस्लाभ क्रेजिसीले भ्लादिमिर कौफालको सहयोगमा गोल गर्दै चेक गणतन्त्रलाई अघि बढाएका थिए । 

पछाडि परेको दक्षिण कोरियाले आक्रामक खेल प्रस्तुत गर्दै ६७औँ मिनेटमा खेल बराबरीमा ल्यायो । लि काङ–इनको पासमा ह्वाङ इन–बेओमले गोल गर्दै टोलीलाई राहत दिलाए । त्यसपछि ८०औँ मिनेटमा ओ ह्युन–ग्युलाई गोलको अवसर सिर्जना गर्दै बेओमलेनै अर्को योगदान दिए, जसलाई सदुपयोग गर्दै ओ ह्युन–ग्युले विजयी गोल गरे । 

यसअघि प्रतियोगिताको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका लाई २–० ले पराजित गर्दै सुखद सुरुआत गरेको थियो । मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । 

उद्घाटन खेल निकै तनावपूर्ण बनेको थियो । दक्षिण अफ्रिकाका सेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाएर मैदान छाडेपछि टोली नौ खेलाडीमा सीमित बनेको थियो । अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाए । यससँगै विश्वकप २०२६ को पहिलो खेलमै तीन खेलाडी मैदानबाट बाहिरिनु परेको थियो । 

समूह ‘ए’ मा पहिलो चरणका खेल सकिँदा मेक्सिको र दक्षिण कोरिया समान तीन अंकसहित अगाडि रहेका छन् भने चेक गणतन्त्र र दक्षिण अफ्रिका अंकविहीन छन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP