नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २९, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता २०८३ शुक्रबार नेपालगन्ज रंगशाला परिसरभित्र रहेको पौडी पोखरीमा सम्पन्न भएको छ।

प्रतियोगितामा नेपालगन्जका १४ वटा विद्यालयका ८२ जना छात्र–छात्राको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहका छात्र तथा छात्राहरूबीच फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट रहेका थिए । प्रतियोगिताको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित भए । उनले नगद रु. ५,५०० सहित सम्मान प्राप्त गरे । त्यस्तै स्प्रिङ्डेल एकेडेमीकी नित्याश्री दहित उत्कृष्ट छात्रा घोषित भई नगद रु. ५,५०० सहित सम्मानित भइन् ।

विद्यालयगत समग्र अंकतर्फ शिखा एकेडेमी १२३ अंकका साथ प्रथम, सोफिया रेसिडेन्सियल स्कूल २२ अंकका साथ द्वितीय तथा स्प्रिङ्डेल एकेडेमी १४ अंकका साथ तृतीय स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा आयोजक संस्थाका पदाधिकारीहरूले पदक, ट्रफी, प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रशान्त बिष्टले पौडी खेल स्वास्थ्य, अनुशासन र जीवनरक्षासँग प्रत्यक्ष सम्बन्धित खेल भएको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा पहिचान गर्न तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आगामी दिनमा नेपालगन्ज उपमहानगरपालिकाले खेलकुद विकासका कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमका अध्यक्ष तथा पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठले समाजले पूर्व खेलाडीहरूको अनुभवलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले प्रतियोगितामा विद्यालयहरूको उत्साहजनक सहभागिता देखिएको भन्दै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित बनाइने जानकारी दिए । समाजका सल्लाहकार अजित कुमार शर्माले पौडी खेलको महत्वबारे चर्चा गर्दै बाँके जिल्लामा जल क्रीडाको सम्भावना उच्च रहेको बताए । उनले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्न सके प्रदेश तथा राष्ट्रिय स्तरमा बाँकेको प्रतिनिधित्व अझ सशक्त बन्ने धारणा व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा पौडी खेलप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपालगन्ज उपमहानगरपालिका, सहभागी विद्यालय, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप फुटबल: दोस्रो खेलमा कोरियाको चेकमाथि २-१ गोलको जित
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा  रातो कार्ड
विश्वकप २०२६ को उद्घाटनमा मेक्सिको विजयी, ३ वटा रातो कार्ड
मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी
मेयर कप अन्तर विद्यालय फुटबलः कृष्ण मावि, ज्ञानोदय, पशुपति र सेन्टथोमस विजयी
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP