नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र स्विट्जरल्यान्डले पनि अंक बाँडे
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र स्विट्जरल्यान्डले पनि अंक बाँडे
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ३१, २०८३ बागेश्वरी पोस्ट
विश्वकप २०२६ : ब्राजिल मोरक्कोसँग बराबरीमा रोकियो, कतार र  स्विट्जरल्यान्डले पनि अंक बाँडे

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले विजयी सुरुआत गर्न सकेन । न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा भएको समूह ‘सी’ को खेलमा ब्राजिल अफ्रिकी टोली मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । त्यसपछि ३२औँ मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल गर्दै ब्राजिललाई खेलमा फर्काए । ब्रुनो गुइमाराएसको पासमा भिनिसियसले गोल गरेका हुन् ।

मध्यान्तरसम्म ब्राजिलले ५४ प्रतिशत बल नियन्त्रण राखेको थियो भने खेल सकिँदा त्यो ५२ प्रतिशतमा झरेको थियो । दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा अंक बाँड्न बाध्य भए ।

सातौँ विश्वकप खेलिरहेको मोरक्कोलाई यस संस्करणको सम्भावित ‘डार्क हर्स’ का रूपमा हेरिएको छ । उता, ब्राजिलका स्टार खेलाडी नेइमार भने ‘काल्फ इन्जुरी’ का कारण मैदानमा उपस्थित थिएनन् ।

यता, समूह चरणकै अर्को खेलमा कतारले अन्तिम समयमा गोल फर्काउँदै स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै विश्वकपमा महत्वपूर्ण अंक जोडेको छ ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा स्विट्जरल्यान्डले १७औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो । कतारी गोलकिपर महमूद अबुनादाले डिबक्सभित्र विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त पेनाल्टीलाई ब्रेल एम्बोलोले गोलमा परिणत गरेका थिए ।

खेलभर स्विट्जरल्यान्डले दबाब कायम राख्दै बल नियन्त्रण र अवसर सिर्जनामा प्रभुत्व जमाए पनि दोस्रो गोल गर्न सकेन । त्यसको फाइदा उठाउँदै कतारले इन्जुरी समयमा बराबरी गोल फर्कायो । अतिरिक्त समयमा बोउलेम खोउखीले हेडमार्फत गोल गर्दै कतारलाई हारबाट जोगाए ।

सन् २०२२ को विश्वकपमा आयोजक राष्ट्रका रूपमा खेलेको कतारले त्यसबेला कुनै अंक जोड्न सकेको थिएन । तर, यसपटक छनोट चरण पार गरेर विश्वकप पुगेको कतारले पहिलो खेलमै स्विट्जरल्यान्डबाट अंक खोस्दै सुखद सुरुआत गरेको छ ।


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ०६:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP