नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिताः ओम फिटनेस टिम च्याम्पियन
प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिताः ओम फिटनेस टिम च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १, २०८३ बागेश्वरी पोस्ट
प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिताः ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ आइतबार नेपालगञ्जमा सम्पन्न भएको छ । पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा ओलम्पियन तथा समाजका सल्लाहकार सुरेन्द्र हमाल, सल्लाहकार गोबर्धन सिंह सम्झना लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा नौ वटा फिटनेस क्लबका ४० जना खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा खेलाडीहरूले उत्कृष्ट शारीरिक बनावट, मांसपेशीको विकास, प्रस्तुति कला तथा समग्र फिटनेस प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए । टिमतर्फ ओम फिटनेसले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित प्रथम स्थान हासिल गरी टिम च्याम्पियन बन्न सफल भयो । हेल्थ बेनि फिटनेसले १ स्वर्ण, १ रजत र १ कांस्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गर्यो ।

प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित उपाधि ‘ओभरअल च्याम्पियन’ ओम फिटनेसका दीपेन्द्र बहादुर खत्रीले जित्न सफल भए । उनले ७५ केजी तौल समूहमा प्रथम स्थान हासिल गर्नुका साथै समग्र प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै ओभरअल च्याम्पियनको उपाधि आफ्नो नाममा लेखाए । तौल समूह तर्फ ५५ केजीमा युनिभर्सल जिमका बामदेब थापा प्रथम, ओम फिटनेसका राज वाल्मीकि द्वितीय र चन्द्रसेन बर्मा (ओम फिटनेस) तृतीय भए । त्यस्तै ६० केजी तौल समूहमा स्ट्रीम फिटनेस प्रालिका करण वाडिया प्रथम, मासुम अली हल्वाई (द जिम सार्क फिटनेस प्रालि) द्वितीय र  अभिशेष थारु (युनिभर्सल जिम) तृतीय भए भने ६५ केजी तौल समूहमा जगतराम महावत (ओम फिटनेस) प्रथम , उमेश महरा (स्ट्रीम फिटनेस प्रालि) द्वितीय र प्रदीप चौधरी (युनिभर्सल जिम) तृतीय भए । 

त्यस्तै ७० केजी तौल समूहमा सुगम रावल (हेल्थ बेनि फिटनेस) प्रथम, शिवराज ढकाल (युनिभर्सल जिम) द्वितीय र देवराज ओली (हेल्थ बेनि फिटनेस) तृतीय भए । ७५ केजी तौल समूहमा दीपेन्द्र बहादुर खत्री (ओम फिटनेस) प्रथम , बिरु सिंह (हेल्थ बेनि फिटनेस) द्वितीय र सोयब सिंह (हेल्थ बेनि फिटनेस) तृतीय भए । त्यसैगरी ७५ केजीमाथि तौल समूहमा सतीस कुमार सोनी (माई फिटनेस प्रालि) प्रथम, सुरोद थापा (ओम फिटनेस) द्वितीय र हेल्थ बेनि फिटनेसका पंकज कनोजिया तृतीय भए । कार्यक्रममा प्रमुख अतिथि बिष्ट, ओलम्पियन हमाल, सल्लाहकार सम्झना तथा अन्य अतिथिहरूले विजेता खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहमा बोल्दै वक्ताहरूले शारीरिक सुगठन खेलले युवाहरूलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनीहरूले आगामी दिनमा पनि शारीरिक सुगठन खेलको विकास, विस्तार र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्व खेलाडी समाज बाँकेले पहिलो पटक आयोजना गरेको वडा कप प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले सहयोगी संस्था, सहभागी क्लब, खेलाडी, निर्णायक, स्वयंसेवक तथा दर्शकप्रति आभार व्यक्त गरेको छ । प्रतियोगिताले नेपालगञ्जमा शारीरिक सुगठन खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ ।


प्रकाशित मिति: सोमबार, असार १, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP