नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • फिफा विश्वकप: इरान–न्युजिल्यान्डको रोमाञ्चक ड्र, स्पेन र उरुग्वे पनि जितविहीन
फिफा विश्वकप: इरान–न्युजिल्यान्डको रोमाञ्चक ड्र, स्पेन र उरुग्वे पनि जितविहीन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २, २०८३ बागेश्वरी पोस्ट
फिफा विश्वकप: इरान–न्युजिल्यान्डको रोमाञ्चक ड्र, स्पेन र उरुग्वे पनि जितविहीन

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले आक्रमक खेल प्रदर्शन गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

खेलको सातौँ मिनेटमा एलिजाह जस्टले गोल गर्दै न्युजिल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा रामिन रेजाइयानले गोल फर्काउँदै इरानलाई १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको ५५औँ मिनेटमा जस्टले व्यक्तिगत दोस्रो गोल गर्दै न्युजिल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए । तर, ६४औँ मिनेटमा मोहम्मद मोहिबीले गोल गरेपछि इरान खेलमा फर्कियो र खेल २–२ को बराबरीमा सकियो । 

यो नतिजासँगै समूह ‘जी’ मा रहेका इरान र न्युजिल्यान्डले एक–एक अंक जोडेका छन् । यस समूहमा इरान, न्युजिल्यान्ड, बेल्जियम र इजिप्ट रहेका छन् । बेल्जियम र इजिप्टले पनि १-१ गोलको बराबरी खेलेका थिए ।

त्यसैगरी समूह ‘एच’ मा विश्वकप डेब्यु गरिरहेको केप भर्डेले युरोपेली च्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोक्दै ठूलो सनसनी मच्चायो । एटलान्टामा भएको खेलमा स्पेनले बलमाथि अधिकांश समय नियन्त्रण राखे पनि केप भर्डेको अनुशासित रक्षापङ्क्ति भेद्न सकेन । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेलहरूमा अपेक्षाकृत कमजोर मानिएका टोलीहरूले प्रभावशाली प्रदर्शन गर्दै बलिया प्रतिद्वन्द्वीलाई अंक बाँड्न बाध्य पारेका छन् । 

यही समूहको अर्को खेलमा साउदी अरेबिया  र उरुग्वेले १–१ को बराबरी खेले । खेलको ४१औँ मिनेटमा अब्दुलेलाह अल-अम्रीको गोलमार्फत साउदी अरेबियाले अग्रता लिए पनि उरुग्वेका म्याक्सी अराउजोले ८०औँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाए । 

समूह ‘जी’ मा पहिलो खेलमा बेल्जियम र इजिप्टले १–१ को रोमाञ्चक बराबरी खेले । इमाम अशोरको गोलबाट इजिप्टले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा मोहम्मद हानीको आत्मघाती गोलका कारण बेल्जियम खेलमा फर्कियो । त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन सकेन । 

 

 


प्रकाशित मिति: मंगलबार, असार २, २०८३  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP