नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप: मेसीको ह्याट्रिकमा अर्जेन्टिना विजयी, मेसीको खातामा गोल संख्या पुग्यो १६
विश्वकप: मेसीको ह्याट्रिकमा अर्जेन्टिना विजयी, मेसीको खातामा गोल संख्या पुग्यो १६
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३, २०८३ बागेश्वरी पोस्ट
विश्वकप: मेसीको ह्याट्रिकमा अर्जेन्टिना विजयी, मेसीको खातामा गोल संख्या पुग्यो १६

काठमाडौँ । फिफा विश्वकप २०२६ मा साविक विजेता अर्जेन्टिनाले प्रभावशाली सुरुआत गरेको छ । समूह ‘जे’ अन्तर्गत अमेरिकाको मिसौरी राज्यस्थित कन्सास रंगशालामा भएको खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुखद बनाएको हो ।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने । उनले ह्याट्रिक गर्दै टोलीलाई सहज जित दिलाए । खेलको १७औँ मिनेटमा रोड्रिगो डे पालको पासमा सुन्दर गोल गर्दै मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जेन्टिनाका लागि मेसीले ६०औँ मिनेटमा दोस्रो गोल थपे । त्यसपछि ७६औँ मिनेटमा निको गोन्जालेजको पासलाई सदुपयोग गर्दै उनले व्यक्तिगत तेस्रो गोल पूरा गरे र विश्वकपमा अर्को ह्याट्रिक आफ्नो नाममा लेखाए । मेसी ८०औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

योसँगै मेसीको विश्वकपमा कुल गोल संख्या १६ पुगेको छ । उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका छन् । यसअघि फ्रान्सका केलिएन एम्बाप्पेले सेनेगलविरुद्ध दुई गोल गर्दै आफ्नो विश्वकप गोल संख्या १४ पुर्‍याएका थिए ।

अल्जेरियाविरुद्धको खेल मेसीका लागि अर्को ऐतिहासिक उपलब्धिको अवसर पनि बन्यो । उनले आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । साथै यो उनको २७औँ विश्वकप खेल थियो । ह्यामस्ट्रिङ चोटबाट पुनरागमन गरेका मेसी विश्वकपका ६ संस्करण खेल्ने पहिलो फुटबलर समेत बनेका छन् ।

लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यसहित मैदान उत्रिएको अर्जेन्टिनाले पहिलो खेलमै आफ्नो दाबेदारी बलियो रहेको संकेत दिएको छ । इटाली र ब्राजिलपछि लगातार दुई विश्वकप उपाधि जित्ने तेस्रो राष्ट्र बन्ने लक्ष्यमा रहेको अर्जेन्टिना समूह ‘जे’ मा महत्वपूर्ण तीन अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि समूह ‘आई’ मा नर्वेले इराकलाई ४–१ ले हराउँदै विजयी सुरुआत गरेको थियो । आर्लिङ हालान्डको दुई गोल प्रेरित नर्वेले सहज जित निकाल्दै तीन अंक जोडेको छ ।


प्रकाशित मिति: बुधबार, असार ३, २०८३  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP