नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ५, २०८३ बागेश्वरी पोस्ट
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-०  जित, स्विट्जरल्याण्ड पनि विजयी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराति र आज बिहान सम्पन्न समूह चरणका खेलहरूमा घरेलु टोली क्यानडाले कतारलाई ६-० ले पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

यता समूह 'बी' कै स्विट्जरल्याण्डले पनि प्रभावशाली जित निकाल्दा समूह 'ए' का चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् ।

समूह ‘बी’ अन्तर्गत भएको खेलमा क्यानडाले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै कतारमाथि ६-० को फराकिलो जित दर्ता गर्यो । क्यानडाको जितमा साइल लारिनले १६औँ मिनेटमा गोल गर्दै खाता खोलेका थिए । जोनाथन डेभिडले २९औँ, ४५+३औँ र ९०+२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । नाथन सालिबाले ६४औँ मिनेटमा एक गोल थप्दा कतारका मोहम्मद मनाईबाट ७५औँ मिनेटमा आत्मघाती गोल भयो ।

खेलमा कतारले ठूलो झट्का बेहोर्नुपर्यो । होमाम अहमदले ३३औँ मिनेटमा र असिम मादिबोले ५३औँ मिनेटमा रातो कार्ड पाएपछि कतार ९ खेलाडीमा सीमित बनेको थियो ।

यो जितसँगै क्यानडाले दुई खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थान कब्जा गरेको छ । समान ४ अंक भए पनि गोलअन्तरका आधारमा स्विट्जरल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

समूह ‘बी’ कै अर्को खेलमा स्विट्जरल्याण्डले बोस्निया एन्ड हर्जेगोभिनालाई ४–१ ले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । स्विट्जरल्याण्डको जितमा जोहान मान्जाम्बीले ७४औँ र ९०औँ मिनेटमा दुई गोल गरे भने रुबिन भार्गासले ८४औँ मिनेटमा तथा ग्रानिट झाकाले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल थपे । बोस्नियाका लागि एर्मिन माहमिकले ९०+३औँ मिनेटमा सान्त्वना गोल फर्काए । खेलको ८०औँ मिनेटमा बोस्नियाका तारिक मुहरेमोभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

यता समूह ‘ए’ को खेलमा चेकिया र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलको छैटौँ मिनेटमा मिखाल सादिलेकको गोलबाट चेकियाले अग्रता लिए पनि दक्षिण अफ्रिकाका टेम्बा मोकोएनाले ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई हारबाट जोगाए । बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  ०६:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण कोरियालाई हराउँदै  मेक्सिको विश्वकपको अन्तिम–१६ मा
दक्षिण कोरियालाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम–१६ मा
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-०  जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: क्यानडाको कतारमाथि ६-० जित, स्विट्जरल्याण्ड पनि विजयी
विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित
विश्वकप २०२६: डेब्यु टोली उज्बेकिस्तान कोलम्बियासँग ३-१ ले पराजित
रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित
रोमाञ्चक भिडन्तमा इङ्गल्याण्डको दबदबा, अन्तिम क्षणमा घानाको सनसनीपूर्ण जित
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP