नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार ९, २०८३ बागेश्वरी पोस्ट
बाँके जिल्ला स्तरीय मेयर कप फुटबलमा होलिल्याण्ड र एनएमए च्याम्पियन 

नेपालगञ्ज । बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा यु–१८ फुटबल प्रतियोगितामा होलिल्याण्डको छात्र र नेपालगञ्ज मोडेल एकेडेमीको छात्रा टिम च्याम्पियन भएका छन् । छात्रतर्फ होलिल्याण्डले नेपालगञ्ज मोडेल एकेडेमीलाई सडेनडेथमा (५–४ गोल) पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । 

२४औं मिनेटमा अनमोल विकको गोलबाट होलिल्याण्डले अग्रता लिएको थियो । ४७औं मिनेटमा सुनिल थारुले गोल गरेर नेपालगञ्ज मोडेललाई खेलमा फर्र्काए । त्यसपछि दुवै टीमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । जसमा होलिल्याण्डले सफलता प्राप्त गरेको थियो । होलिल्याण्डबाट अभिषेक थापा, आशिष कुमाई, मनिष सुनार, डानेल रोका मगर, अनमोल विकले गोल गरे । हिमाल पुरीको प्रहार नेपालगञ्ज मोडेलका गोलकिपर आयुष चन्दले रोक्न सफल भए ।

नेपालगञ्ज मोडेलबाट महेश शाही, आयुष चन्द, राज नेपाली र सुनिल थारुले गोल गरे भने पुष्कर मल्ल र निराजन शाहीले गोल गर्न सकेनन् । फाइनल खेलको प्लेयर अफ द म्याच होलिल्याण्डका गोलकिपर प्रविण सुनार भए । उनलाई एन्फा बाँकेका वरिष्ठ उपाध्यक्ष अनिल केसी र पूर्व खेलाडी निजामुद्दिन सिद्विकीले पुरस्कृत गरे ।

छात्रातर्फ नेपालगञ्ज मोडेल एकेडेमीले मनकामना इंग्लिश मिडियम स्कुललाई ३–० ले गोलले पराजित गरेको छ । नेपालगञ्ज मोडेलकी ज्योति कँडेलले सातौं र ३६औं मिनेट तथा विनिता चौधरीले २१औं मिनेटमा गोल गरे । फाइनल खेलको प्लेयर अफ द म्याच नेपालगञ्ज मोडेलकी ज्योति कँडेल भइन् । उनलाई बाँके जिल्ला महिला फुटबल समितिकी महासचिव सुमित्रा लामिछानेले पुरस्कृत गरिन् । प्रतियोगिताका छात्रतर्फका सर्वोत्कृष्ट खेलाडी होलिल्याण्डका अभिषेक थापा र छात्रामा नेपालगञ्ज मोडेल एकेडेमीकी भावना खड्का भइन् । 

विधागतमा उत्कृष्ट छात्रतर्फ होलिल्याण्डका गोलकिपर प्रवीण सुनार, रक्षकमा नेपालगञ्ज मोडेलका सुनिल थारु, मिडफिल्डमा नेपालगञ्ज मोडेलका गणेश सिंह ठकुरी, स्ट्राइकरमा होलिल्याण्डका अनमोल विक र उत्कृष्ट प्रशिक्षकमा होलिल्याण्डका जंगबहादुर थापा पुरस्कृत भए । छात्रामा उत्कृष्ट गोलकिपर मनकामना स्कुलकी प्रियंका विक, रक्षक, मिडफिल्डर, स्ट्राइकरमा नेपालगञ्ज मोडेलका क्रमशः शितल रोकाय, सविता चौधरी, ज्योति कँडेल तथा उत्कृष्ट प्रशिक्षकको रुपमा नेपालगञ्ज मोडेलका नरेन्द्र शाह पुरस्कृत भए ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताका विजेताले ३१ हजार र उपविजेताले १६ हजार पुरस्कार प्राप्त गरेको छ । विजेता, उपविजेता, विधागत उत्कृष्टलाई नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला अध्यक्ष भोजराज शाही लगायतले पुरस्कृत गरे । जेठ २७ गतेदेखि सुरु भएको प्रतियोगितामा छात्रमा ३७ वटा र छात्रामा ११ वटा विद्यालयले भाग लिएका थिए ।


प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  २१:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP