नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ११, २०८३ बागेश्वरी पोस्ट
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका अन्तिम खेलहरूमा ब्राजिल, मोरक्को, मेक्सिको र दक्षिण अफ्रिकाले महत्वपूर्ण जित हात पार्दै नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्।

समूह ‘सी’ अन्तर्गत भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलले पराजित गर्दै समूह विजेताको रूपमा अन्तिम ३२ मा प्रवेश गरेको छ। ब्राजिलका लागि भिनिसियस जुनियरले ७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले पहिलो हाफको अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गरे भने माटेउस कुन्हाले ६०औँ मिनेटमा अर्को गोल थप्दै ब्राजिलको सहज जित सुनिश्चित गरे। तीन खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोडेको ब्राजिल समूहको शीर्ष स्थानमा रह्यो।

यस्तै, अर्को खेलमा मोरक्कोले हैटीलाई ४–२ गोलले हराउँदै समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। मोरक्कोका लागि अचरफ हाकिमी, इस्माइल साइबारी, सौफियान रहिमी र यासिनेले गोल गरे। हैटीका लागि एक गोल मोरक्कोका गोलरक्षक यासिन बोनोको आत्मघाती गोलबाट तथा अर्को विल्सन इसिडोरले गरेका थिए।

उता समूह ‘ए’ का खेलहरूमा मेक्सिकोले चेकियामाथि ३–० को प्रभावशाली जित निकाल्यो। मेक्सिकोका लागि मिगुएल चाभेज, जुलियन क्विनोनेस र आल्भारो फिडाल्गोले गोल गरे। अर्को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दा थाबाङ मासेकोले निर्णायक गोल गरेका थिए।

समूह ‘ए’ को अन्तिम अंकतालिकाअनुसार मेक्सिको समूह विजेता र दक्षिण अफ्रिका उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् भने दक्षिण कोरिया र चेकियाको यात्रा समूह चरणमै समाप्त भएको छ। ब्राजिल, मोरक्को, मेक्सिको र दक्षिण अफ्रिकाले अन्तिम ३२ मा स्थान बनाउँदै उपाधि यात्रालाई निरन्तरता दिएका छन्।

 


प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP