नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २०, २०८३ बागेश्वरी पोस्ट
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा

नेपालगञ्ज । अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी २०२६ फिफा विश्वकप फुटबलको प्रिक्वार्टरफाइनल (अन्तिम १६) को समीकरण पूरा भएको छ । राउण्ड अफ ३२ अन्तर्गतको अन्तिम खेलमा कोलम्बियाले घानालाई १–० ले पराजित गरेसँगै प्रिक्वार्टरफाइनल पुग्ने सबै १६ टोलीको टुंगो लागेको हो ।

कोलम्बियाको जितमा खेलको १४औँ मिनेटमा जोन एरिआसले लुइस सुवारेजको पासमा गरेको गोल नै निर्णायक बन्यो । सोही गोलको आधारमा कोलम्बियाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

पहिलो पटक ४८ टोलीको सहभागिता रहेको विश्वकपमा समूह चरणबाट ३२ टोली नकआउट चरणमा पुगेका थिए । अन्तिम ३२ का खेल सम्पन्न भएसँगै अब १६ टोली उपाधि दौडमा कायम रहेका छन् भने १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रिक्वार्टरफाइनलमा स्थान बनाउने टोलीहरूमा क्यानाडा, ब्राजिल, पाराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्ग्ल्यान्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्वीट्जरल्यान्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बिया रहेका छन् ।

अन्तिम ३२ का खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–०, ब्राजिलले जापानलाई २–१, पाराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा ४–३, मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ तथा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गरेका थिए ।

यस्तै फ्रान्सले केलियन एम्बाप्पेको दुई गोलको मद्दतमा स्विडेनलाई ३–०, मेक्सिकोले इक्वेडरलाई २–०, इङ्ग्ल्यान्डले डीआर कङ्गोलाई २–१, बेल्जियमले सेनेगललाई ३–२ तथा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–१ ले हराएका थिए ।

स्पेनले अस्ट्रियालाई ३–०, पोर्चुगलले क्रोएसियालाई २–१, स्वीट्जरल्यान्डले अल्जेरियालाई २–१ ले पराजित गर्दा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो । अर्जेन्टिनाले केप भर्डेलाई ३–२ तथा कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ को अन्तिम स्थान सुरक्षित गरेको हो । अब प्रिक्वार्टरफाइनलका रोमाञ्चक प्रतिस्पर्धाबाट क्वार्टरफाइनल पुग्ने आठ टोलीको टुंगो लाग्नेछ ।

अब प्रिक्वार्टरफाइनलमा क्यानाडा–मोरक्को, पाराग्वे–फ्रान्स, ब्राजिल–नर्वे, मेक्सिको–इङ्ग्ल्यान्ड, पोर्चुगल–स्पेन, अमेरिका–बेल्जियम, अर्जेन्टिना–इजिप्ट तथा स्वीट्जरल्यान्ड–कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ ।

 


प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP