नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २८, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नगरभित्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शैया ब्यवस्था गरेको छ । भदौ १ गतेदेखि प्रभावकारी रुपमा सेवा सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । 

लक्षित बर्ग निःशुल्क उपचार संचालन तथा ब्यवस्थापन कार्यविधि २०८३ अनुसार उपमहानगरपालिका अन्तर्गत सञ्चालन भएका अस्पतालहरुमा सेवाका लागि सम्पर्क ब्यक्ति तोकी सम्पर्क नम्बर समेत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले बताए । शैयासंगै सम्पूर्ण उपचार पनि निःशुल्क हुने बमले जानकारी दिए । 

नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क शैयाको दैनिक उपलब्धता नागरिकले सहज रुपमा थाहा पाउने ब्यवस्था मिलाएको बमले जानकारी दिए । नगर प्रमुख प्रशान्त विष्टले वास्तविक लक्षित बर्गले मात्र सेवा पाउने सुनिश्चितता गर्न र दुरुपयोग हुन नदिन कडाईका साथ अनुगमन गरिने बताए । उनले १० प्रतिशत निःशुल्क शैया सम्बन्धी ब्यवस्था कागजमा मात्र नभई ब्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. नवीन दर्नालले स्थानीय तह (वडा कार्यालय) को आर्थिक रूपले विपन्न भएको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेको विपन्न परिचयपत्र अथवा आकस्मिक अवस्थामा तुरुन्त कागजात नभएमा स्वघोषणा फाराम भरेर पनि उपचार पाउन सकिने  बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले सिफारिसमा हुन सक्ने दुरुपयोगका सम्बन्धमा सजग बन्नुपर्ने बताए ।

प्रत्येक अस्पतालमा दैनिक रूपमा निःशुल्क शैयाको अवस्था अद्यावधिक गरी सेवाग्राहीलाई जानकारी उपलब्ध गराउने, निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्षमार्फत सहजीकरण गर्ने तथा सम्बन्धित फोकल पर्सनमार्फत सेवा प्रवाहलाई व्यवस्थित गर्ने उद्देश्यले अस्पतालहरुमा अनुगमन सुरु गरिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख जागेश्वर वस्नेतले बताए । 

सेवा प्राप्त गर्न कठिनाइ भएमा वा अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध नगराएमा सम्बन्धित अस्पतालको फोकल पर्सन तथा उपमहानगरपालिकामा गुनासोका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीलाई सिधै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै थप जानकारी लिनु परे एआईको पैसा नलाग्ने ९७०२६९७७७२ नम्बरमा कल गर्न सक्ने पनि बताइएको छ ।

May be an image of ticket stub and text

यसअघि  नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत सञ्चालित निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागितामा निःशुल्क उपचार सेवा तथा लक्षित वर्ग निःशुल्क उपचार पोर्टलसम्बन्धी अभिमुखीकरण तथा समन्वय बैठक समेत भएको थियो । उक्त बैठकपछि कार्यविधिको प्रभावकारी कार्यान्वयनका लागि अस्पतालस्तरमा निःशुल्क उपचार व्यवस्थापन समिति गठन, जिम्मेवार फोकल पर्सन तोक्ने तथा मुख्य प्रवेशद्वार नजिकै निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्ष स्थापना गर्ने कार्य पनि भइरहेको बस्नेतले जानकारी दिए ।

नेपालको संविधान, २०७२ को धारा ३५(१) ले नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गरेको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७०(घ) ले विपन्न, असहाय तथा बेबारिसे विरामीका लागि अस्पतालको कुल शैयाको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने ब्यवस्था गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नगर स्वास्थय ऐन, २०७९ को दफा २८ को उपदफा (१) ले समेत उक्त ब्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्ने जनाएको छ ।


प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा दुई वर्षपछि सीटी स्क्यान सेवा पुनः सञ्चालन
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
भेरी अस्पतालमा ‘बाइट रजिष्ट्रि’, जनावरको टोकाइ र सर्पदंशको डिजिटल अभिलेख राखिने
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP