नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, साउन २९, २०८३ बागेश्वरी पोस्ट
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि

डुडुवा (बाँके) । डुडुवा गाउँपालिका, बाँकेमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पादन गरिएका एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार सम्पन्न समीक्षा कार्यक्रममा पालिका अन्तर्गतका स्वास्थ्य संस्थाले वर्षभरि सञ्चालन गरेका स्वास्थ्य सेवा तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या, चुनौती र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको हो ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट प्रदान गरिएका स्वास्थ्य सेवाको अवस्था, सेवा प्रवाहको गुणस्तर, लक्षित स्वास्थ्य कार्यक्रमको प्रगति, स्वास्थ्य सूचकको अवस्था तथा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या र सुधार गर्नुपर्ने पक्षबारे समीक्षा गरिएको स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीले बताए ।

समीक्षाका क्रममा मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य तथा खोप, परिवार नियोजन, पोषण, क्षयरोग, नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, महिला स्वास्थ्य, किशोरकिशोरी स्वास्थ्य, सरसफाइ तथा स्वास्थ्य प्रवद्र्धनलगायत कार्यक्रमको प्रगति प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा पालिका अन्तर्गतका ६ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो संस्थाबाट वर्षभरि सम्पादन भएका गतिविधि, सेवा लिने सेवाग्राहीको अवस्था, प्राप्त उपलब्धि तथा कार्यक्रम सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।

समीक्षाका क्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार, अभिलेख तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउने र लक्षित वर्गसम्म स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्‍याउने विषयमा आगामी कार्ययोजना समेत तयार गरिएको शाखा प्रमुख चौधरीले बताए ।

समीक्षा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले डुडुवाले स्वास्थ्य क्षेत्रमा विशेष रणनीतिका साथ काम गर्दै आएको बताउँदै पालिकाका कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिने गरी प्रभावकारी सेवा प्रवाहमा जोड दिइएको बताइन् ।

उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले स्थानीय सरकारले स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय बनाउन प्राथमिकता दिएको बताइन् ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेय, जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

वर्षभरि उत्कृष्ट सेवा प्रवाह तथा कार्यसम्पादनका आधारमा होलिया स्वास्थ्य चौकी प्रथम, बनकट्टी स्वास्थ्य चौकी दोस्रो र बेतहनी स्वास्थ्य चौकी तेस्रो भएका छन् । विभिन्न स्वास्थ्य सूचकमा देखिएको प्रगतिका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा घोषणा गरी ती स्वास्थ्य चौकीलाई सम्मान गरिएको स्वास्थ्य शाखाका विरेन्द्र घलेले जानकारी दिए ।

पालिकाले निर्धारण गरेको लक्ष्य अनुसार अधिकांश स्वास्थ्य कार्यक्रममा करिब ९० प्रतिशत कभरेज हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ । विगत वर्षका उपलब्धि, कमजोरी तथा सिकाइको वस्तुनिष्ठ समीक्षा गरी आगामी आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउन समीक्षा कार्यक्रम महत्वपूर्ण भएको शाखाले जनाएको छ ।

स्वास्थ्य संस्थाबीचको समन्वय, नियमित अनुगमन तथा तथ्यमा आधारित योजना निर्माणलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि विभिन्न सुझाव समेत प्रस्तुत गरिएको थियो ।

सहभागीहरूले स्वास्थ्य संस्थामा आवश्यक औषधि तथा उपकरणको पर्याप्त उपलब्धता, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, नियमित स्वास्थ्य शिक्षा तथा जनचेतना कार्यक्रम सञ्चालन, अभिलेख व्यवस्थापनमा सुधार र स्वास्थ्य सेवाको नियमित अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए ।


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  २०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
लायन्स कोहलपुरद्वारा आयोजित रक्तदानमा ५१ पिन्ट रगत संकलन
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
डुडुवाको एकीकृत स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा, लक्ष्य अनुसार ९० प्रतिशत उपलब्धि
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जका २५ अस्पतालमा ९४ निःशुल्क शैया, भदौ १ देखि सेवा प्रभावकारी बनाइँदै
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
नेपालगञ्जमा सघन बजार अनुगमनः म्याद गुज्रेका सामान राखेको पाइएपछि ५० हजार जरिवाना
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP