Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ १५, २०८३ बागेश्वरी पोस्ट
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित

नेपालगन्ज । मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार भएको समूह चरणको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । आज बिहानदेखि सुरु भएको खेलमा बहराइनले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि अर्जुन कुमालले संयमित ब्याटिङ गर्दै सर्वाधिक ३६ रन बनाए । उनले ५८ बलमा ५ चौका प्रहार गरे । उनी नटआउट रहे । कप्तान रोहितकुमार पौडेलले १४ बलमा १९ रनको नटआउट इनिङ खेले । उनले एक चौका र एक छक्का प्रहार गरे । ओपनर आसिफ शेखले २५ बलमा २ चौका र एक छक्कासहित १८ रन बनाएर आउट भए । देव खनाल १९ बलमा १० रन जोड्दै पभेलियन फर्किए भने इशान पाण्डे १ रनमै रनआउट भए । यसअघि टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु ३६.२ ओभरमा ८७ रनमै समेटिएको थियो ।

बहराइनको इनिङ ध्वस्त पार्ने क्रममा नेपाली कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरे । उनले १० ओभरमा मात्र १४ रन खर्चेर ५ विकेट लिए । उनको स्पेलमा ४ ओभर मेडन रहेको थियो । ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएपछि बहराइन ठूलो स्कोर बनाउनबाट रोकिएको हो । बहराइनका लागि फैज अहमदले सर्वाधिक १५ रन बनाए । प्रतियोगितामा नेपालको अब दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग हुनेछ । त्यसपछि भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल भदौ २५ गते तथा तेस्रो स्थानको खेल र फाइनल भदौ २७ गते हुने तालिका छ । २०२७ को एसिया कपमा स्थान बनाउन नेपालका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ । एसिया कपमा छनोट हुन नेपालले प्रतियोगिताको उपाधि जित्नुपर्नेछ । 


प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसीसी प्रिमियर कप क्रिकेट: नेपाल सेमिफाइनलमा, साउदी अरेबिया ५ विकेटले पराजित 
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP