prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालमा भारतीय मुजाहिद्दिनको खतरा: अमेरिका
नेपालमा भारतीय मुजाहिद्दिनको खतरा: अमेरिका
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १९, २०७६ बागेश्वरी पोस्ट
नेपालमा भारतीय मुजाहिद्दिनको खतरा: अमेरिका

काठमाडौं । अमेरिकाले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली कमजोर रहेको निष्कर्ष निकालेको छ । अमेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा विमानस्थलको कमजोर सुरक्षाले गर्दा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्न सक्ने खतरा औंल्याइएको छ ।

nepalgunj 081-082

नेपालमा आतंकवादको खतरा सम्वन्धमा गरिएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालको विमानस्थलमा सुरक्षा अपर्याप्त र कमजोर छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको ‘प्रिस्कृन’ गरिँदैन र अवतरण गर्ने यात्रुको तथ्यांक कुनै पनि डाटावेशमा राखिँदैन । यात्रुहरुको भौतिक सुरक्षा जाँच झारा टार्ने खालको मात्र छ । ट्राभल डकुमेन्टको सुरक्षा सम्बन्धि कुनै व्यवस्था छैन भने डकुमेन्टको परीक्षणका लागि अल्ट्राभ्वाइलेट लाइटको विमानस्थलमा आभव छ ।’ ‘नेपाल प्रहरीको विशेष ब्यूरोले करिब १० जनालाई विमानस्थलमा खटाउँछ र यसका करिब १५ अफिसरलाई इन्टरपोल नेसनल सेन्ट्रल ब्यूरोमा खटाउँछ, जुन नेपाल प्रहरीको हेडक्वार्टरमा अवस्थित छ ।

इन्टरपोलका सूचनाहरु एउटा डाटावेसमा राखिन्छन् तर यो डाटावेश मार्फत यात्रुहरुलाई नियमित स्कृन गरिदैन । अमेरिकाले सूचनाका लागि गरेको आग्रहमा सुरक्षा तथा अध्यागमन अधिकारीहरुले सामान्यतया रेस्पोन्स गर्छन् तर उनीहरुसँग धेरै सूचना नै हुँदैन ।’ नेपालले भारतसितको खुल्ला सीमामा पनि पर्याप्त सुरक्षा प्रबन्ध नगरेको प्रतिवेदनमा औंल्याइएको छ । ‘एक हजार माइलको बोर्डरमा थोरै चेक प्वाइन्टहरु छन् तर त्यहाँ पर्याप्त सुरक्षा नियन्त्रण छैन । जस्तो कि, एउटा चेकप्वाइन्टमा एक जना मात्र इमिग्रेसन अफिसर उपलब्ध हुन्छन् । त्यसैले अधिकांस मानिसहरु कुनै रोकावट वा सुरक्षा जाँचविनै नेपाल प्रवेश गर्न र नेपालबाट बाहिरिन सक्छन्’ प्रतिवेदनले भनेको छ । सीमा सुरक्षामा स्रोत-साधनको अभाव रहेको र जनशक्तिले पर्याप्त तालिम नपाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार सन् २०१८ भरि नेपालमा कुनै अन्तर्राष्ट्रिय आतंकवादको गतिविधि भएन । घरेलु आतंकवादतर्फ विप्लव समुहले केही विष्फोटका घटनाहरु गराएको उल्लेख गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष वैश्विक आतंकवादबारे आफ्नो रिपोर्ट तयार पार्छ । यसमा विश्वभर भइरहेको आतंकवादी गतिविधिबारे उल्लेख हुन्छ। साथै आतंकवादसँग जुध्न कुन देशले के गरिरहेको छ भन्ने कुरा पनि समेटिएको हुन्छ । यही रिपोर्टका आधारमा अमेरिकी संसदले बिभिन्न देशहरुलाई दिने आर्थिक सहयोगबारे निर्णय लिन्छ ।

सन् २०१८ का आतंकवादी गतिविधिबारे ३३२ पेज लामो प्रतिवेदनमा नेपालको प्रसंग १७५ देखि १७७ पेजसम्म छ । उसले नेपालमा विप्लव माओवादीको गतिविधिलाई घरेलु आतंकवादी क्रियाकलापको संज्ञा दिएको छ ।

सन् २०१७ को चुनावताका विप्लव समूहले केही आतंकवादी गतिविधि गरे पनि सन् २०१८ मा नेपालमा बाह्य आतंकवादी कार्यहरु नभएको प्रतिवेदनमा विश्लेषण गरिएको छ । तर, पछिल्लो समय नेपालमा मुजाहिद्दीन मुस्लिम आतंकवादीले प्रभाव विस्तार गरेको अमेरिकी रिपोर्टमा दाबी गरिएको छ ।

अमेरिकी रिपोर्टको नेपालसम्बन्धी

अंश अवलोकन :

सन् २०१८ मा नेपालले अन्तर्राष्ट्रिय आतङ्कका कुनै घटना भोग्नुपरेन । सन् २०१७ को अन्त्यतिर भएका प्रादेशिक तथा सङ्घीय निर्वाचनका क्रममा देखिएको मतदाता तथा सरकारी अधिकारीमाथिको धम्कीजस्ता घरेलु आतङ्कका घटना पनि सन् २०१८ मा कम भए । सरकारले प्रायः आक्रमणको दोष सन् २०१५ मा मूलधारको नेकपा (माओवादी केन्द्र) बाट छुट्टिएको ‘नेत्र विक्रम चन्द समूह’ वा ‘विप्लव समूह’का नाममा चिनिने नेकपा (माओवादी) नामको पार्टीलाई लगायो । नेपालका सुरक्षा निकायहरूले विप्लव समूहको अनुगमनलाई जारी राखेका छन् । भारतसँगको खुला सीमा तथा काठमाडौँस्थित एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा व्यवस्थाका कारण अन्तर्राष्ट्रिय आतङ्कवादीहरूले नेपाललाई माध्यम वा स्थानको रूपमा प्रयोग गर्न सक्ने सम्भावना विद्यमान छ ।

२०१८ का आतङ्कवादी घटना :

सन् २०१८ मा नेपालले अन्तर्राष्ट्रिय आतङ्कका कुनै घटना भोग्नुपरेन । घरेलु घटनामा देशैभरि विभिन्न स्थानमा भएका सानातिना बम विष्फोटका घटना पर्दछन्, जसका लागि आधिकारिक सरकारी निकायहरूले विप्लव समूहलाई दोष दिए ।

केही उदाहरणहरू

अप्रिल १७ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणभन्दा केही हप्ता अगडि दक्षिणी नेपालको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा एक विष्फोट भयो र बाहिरी पर्खालमा क्षति पुग्यो ।

अप्रिल २८ मा भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने भनिएको अरुण ३ जलविद्युत् आयोजनाको पर्खालमा विष्फोट भयो ।

मे १३ मा विप्लव समूहले नेपाल बन्द आहृवान गरेको दिनमा पोखरा विमानस्थल र एक ग्रामीण राजमार्गको पुल लगायत विभिन्न स्थानमा ससाना विष्फोटक पदार्थ भेटिए र निस्तेज गरिए । अर्को बमले मध्यदक्षिणी नेपालको भरतपुरमा एक सुपरमार्केटमा बाहिरी क्षति पुर्‍याएको थियो । कोही पनि घाइते भएका थिएनन् ।

विधायन, कानुन कार्यान्वयन तथा सीमा सुरक्षा  अगस्ट २०१८ बाट कार्यान्वयनमा आएको सन् २०१७ को फौजदारी संहितामा आतङ्कवादबारे विशिष्ट रूपमा केही उल्लेख नगरिएको भए पनि राज्य विरुद्धका कसुरबारे विभिन्न व्यवस्थाहरू छन् । यसले कुनै पनि व्यक्तिलाई सैनिक वा अर्धसैनिक सङ्गठन बनाउन वा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकतामा आँच पुर्‍याउने गरी कुनै सङ्गठित बलमा सहभागी हुन प्रतिबन्ध लगाएको छ । प्रतिआतङ्कवाद सम्बन्धी गतिविधिका लागि प्रत्यक्ष जिम्मेवार कानुन कार्यान्वयन निकाय, नेपाल प्रहरीको विशेष ब्युरो हो ।

यसमा करिब १२० अधिकारीहरू छन् । आवश्यक पर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूले विशेष ब्युरोलाई सहयोग गर्छन् । नेपाली सेनाका एकाइहरूलाई पनि प्रतिआतङ्कवादको जिम्मेवारीसँगै बन्धक उद्धार र अपहरणलगायत यस्तैखालका आतङ्कवादी घटनाको सम्बोधनबारे तालिम पनि दिइएको छ । नेपालमा विमानस्थल सुरक्षा नियन्त्रण कमजोर र अपर्याप्त छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको पूर्वस्क्रिनिङ गर्दैन र अवतरणबारेका सूचना कुनै पनि डाटाबेसमा राख्दैन।

यात्रुको शारीरिक सुरक्षा जाँच आधारभूत स्तरको छ । यात्रासँग सम्बन्धित कागजातको सुरक्षा छैन र विमानस्थलमा यी कागजात जाँच्न अल्ट्राभायोलेट लाइट पनि छैन । नेपाल प्रहरीको विशेष ब्युरोले विमानस्थलमा करिब १० सुरक्षाकर्मी खटाउँछ भने नेपाल प्रहरी मुख्यालयमा रहेको इन्टरपोल राष्ट्रिय नियन्त्रण ब्युरोमा १५ जना । इन्टरपोलका सूचनाहरू डाटाबेसमा राखिन्छन् तर यसै डाटाबेस मार्फत् यात्रुको नियमित जाँच गरिदैन । सुरक्षा तथा अध्यागमन अधिकारीहरू सामान्यतया संयुक्त राज्य अमेरिकाको सूचनाको आग्रहलाई सम्बोधन गर्छन् तर उनीहरूसँग प्रायः थोरै मात्र सूचना हुन्छ । नेपालको भारतसँगको सीमा खुला छ । करिब एक हजार माइल लामो खुला सीमामा केही जाँच नाकाहरू त छन्, तर सुरक्षा नियन्त्रणको अभाव छ । उदाहरणका लागि एउटा नाकामा एक जना मात्र अध्यागमन अधिकारी हुन सक्छन् । त्यसैले सीमा पार गर्ने प्रायः मानिसलाई न रोकिन्छ, न जाँचिन्छ । निगरानी छल्नका लागि यस्ता नाकाभन्दा अन्यत्रबाट पनि सहजै पार गर्न सकिन्छ । अझ सशक्त सीमा नियन्त्रण क्षमताका लागि प्राथमिक बाधक स्रोतसाधनको अभाव हो ।

प्रभावकारी सीमा नियन्त्रणका लागि सुरक्षा निकायमा जनशक्ति, प्रविधि, सूचना, आधारभूत उपकरण र विद्युत् शक्तिको समेत अभाव छ । थप समस्यामा तालिमको अभाव र व्यापक भ्रष्टाचार रहेका छन् । आतङ्कवादमा लगानी प्रतिरोध स् वित्तीय गतिविधि कार्यदल शैलीको क्षेत्रीय सङ्गठन, सम्पत्ति शुद्धीकरणबारे एसियाप्रशान्त समूहमा नेपाल सहभागी छ । नेपाल सरकारले सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा लगानी प्रतिरोधबारे साङ्केतिक प्रगति गरे पनि यी उद्देश्यका लागि हाल विद्यमान नियम तथा आवश्यकताहरू नाममात्रैका छन् । तिनले सम्पत्ति शुद्धीकरण र आतङ्कवादमा लगानी प्रतिरोधका प्रवृत्ति र आयामलाई खास सम्बोधन गर्दैनन् ।

वित्तीय अपराधबारे सचेतना, रोकथाम, पहिचान, अनुसन्धान, घटना व्यवस्थापन, अन्तरनिकाय तथा विभागीय समन्वयन तथा सीमा नियन्त्रणका लागि थप कदम आवश्यक छन् । हिंसात्मक अतिवादको प्रतिरोध स् सन् २०१८ मा यस सम्बन्धमा कुनै परिवर्तन भएको सूचना छैन । अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहकार्य स् नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को सदस्य हो र आतङ्कवाद नियन्त्रणबारे सार्क क्षेत्रीय महासन्धिको पक्ष पनि । नेपाल प्रहरीले इन्टरपोलको वाषिर्क क्षेत्रीय प्रतिआतङ्कवाद गोष्ठीमा दुईदेखि तीनजना अधिकारी पठाउँछ ।

भारतीय मुजाहिद्दीन ‘

भारतीय मुजाहिद्दीनले आफ्ना गतिविधिलाई नेपालमा पनि विस्तार गरेको छ र यो हाल मुजाहिद्दीन कार्यकर्ताका लागि सबभन्दा ठूलो हब बनेको छ। ‘ अनलाइनखबरबाट साभार।


प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १९:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP