prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • दशरथ रंगशाला निर्माणमा एएफसी असन्तुष्ट,कुवेत र नेपालको खेल न्युट्रल भेन्यूमा खेलाउन सकिने
दशरथ रंगशाला निर्माणमा एएफसी असन्तुष्ट,कुवेत र नेपालको खेल न्युट्रल भेन्यूमा खेलाउन सकिने
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १९, २०७६ बागेश्वरी पोस्ट
दशरथ रंगशाला निर्माणमा एएफसी असन्तुष्ट,कुवेत र नेपालको खेल न्युट्रल भेन्यूमा खेलाउन सकिने
फाइल फोटो

काठमाडौं । दशरथ रंगशाला निर्माण प्रती एएफसी असन्तुष्ट देखिएको छ।फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो होम खेल आगामी मंसिर ३ गते खेल्ने तय छ। कुवेतविरूद्धको खेल दशरथ रंगशालामा हुने तय भएको हो।

nepalgunj 081-082

तर दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन। खेलाडीका लागि चाहिने चेन्जिङ रूम अहिलेसम्म पूर्ण तयार भइसकेको छैन। खेल आउन १४ दिन बाँकी रहेको अवस्थामा चेन्जिङ रूम फिनिसिङ हुने चरणमा छ। मैदान पनि तयार हुने अन्तिम चरणमा छ। भिआइपी प्याराफिटमा अझै छानो हालिएको छैन। छानोका लागि हालिने १९ वटा पिल्लरमध्ये अहिलेसम्म एउटा मात्र ठड्याइएको छ। चीनमा तयार भएर यहाँ जडान गरिने प्याराफिट अझै नेपाल ल्याइएको छैन।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एयर कार्गो गरेर प्याराफिट ल्याउने प्रयास गरिरहेको छ।खेलअघि रंगशालाको निरीक्षण गर्न गोप्य रूपमा एसियाली फुटबल महासंघ (एएफसी) बाट प्रतिनिधि काठमाडौं आएका छन्। एएफसीका प्रतिनिधिले मंगलबार दशरथ रंगशालाको निरीक्षण गरे। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको सुपरीवेक्षण गरेको पुष्टि गरे पनि थप खुलाउन चाहेनन्। एएफसीका प्रतिनिधिले आज दशरथ रंगशालाको निरीक्षण गरेका छन्। उनले एएफसीको प्रतियोगिता समितिलाई रिपोर्ट बुझाउनेछन्, तुलाधरले भने। एएफसीका निरीक्षकसँगै रंगशाला गएका राखेपका एक पदाधिकारीले भने निरीक्षक रंगशालाको स्थिति देखेर असन्तुष्ट भएको बताए।

निरीक्षकले चेन्जिङ रूमको स्थितिमा असन्तुष्टि पोखेका थिए। साथै उनले बन्दै गरेको भिआइपी प्याराफिटका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको विषयमा प्रश्न गरेका थिए। यो निरीक्षणमा असन्तुष्ट भएको एएफसीले एक सातापछि फेरि निरीक्षक पठाउन सक्नेछ। त्यतिबेला पनि रंगशाला पूर्ण रूपमा तयार नभएमा नेपालमा हुने कुवेतविरूद्धको खेल कुनै न्युट्रल भेन्यूु मा खेलाइनेछ। नेपालले पहिलो चरणमा चार वटै अवे खेल खेलिसकेको छ। दशरथ रंगशाला समयमै बन्न नसक्दा नेपालले सुरूमै अवे म्याच खेल्नु परेको थियो।

नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ। पहिलो खेलमा कुवेतसँग ७-० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५-० र चौथो खेलमा जोर्डनले ३-० ले हराएका थिए। नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ। विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ।श्रोत: सेतोपाटी।


प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  २१:३८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP