prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालगञ्जको वडा नम्बर ६ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का
नेपालगञ्जको वडा नम्बर ६ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का
banijya office
बागेश्वरी पोस्ट
सोमबार, असार २९, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्जको वडा नम्बर ६ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का

नेपालगञ्ज । नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको अध्यक्षतामा आज भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपमहानगरपालिका वडा नम्बर ६ स्थित फुल्टेक्रा ताल र कर्वलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा बाँडफाँडमा सहमति जुटेको छ ।

nepalgunj 081-082

बैठकमा रंगशाला निर्माण, मुस्लिम समुदायको कर्वला निर्माण, ६ नम्बर वडा कार्यालय तथा हिन्दुहरुको मुर्चुवा पुजास्थल निर्माण, भौतिक संरचना निर्माणका लागि उपमहानगरपालिकाले प्रस्ताव गरेको नक्सालाई सामान्य हेरफेर गरी पश्चिमतर्फ मुस्लिम समुदायको कर्वला धार्मिक पर्यटकीय स्थल बनाउने, पुर्वतर्फ वडा कार्यालय र पूर्व उत्तरतर्फ हिन्दुहरुको मुर्चुवा पुजा स्थल निर्माण गर्ने सर्वसम्मतिबाट निर्णय गर्दै जग्गा बाँडफाँडका लागि वडा कार्यालयमा आवश्यक कागजात पेश गर्ने निर्णय गरिएको छ । धार्मिक पर्यटकीय स्थलका लागि छुट्टाइएको जग्गामा आ–आफ्नो प्रचलन अनुसार पुजापाठ गर्ने तर कुनै किसिमको मन्दिर, मस्जिद, कव्रस्थान, समशानघाट, नियमित पुजा, अजान संचालन नगर्ने निर्णय गरिएको छ ।

राजनीतिक दलका नेता, मुस्लिम समुदायका अगुवा र वडाका जननिर्वाचित प्रतिनिधि लगायतको उपस्थिति रहेको बैठकले नक्सामा बन्ने संरचना निर्माणका लागि उपमहानगरपालिकाले नेतृत्वदायी पहल गर्ने निर्णय गरेको छ । बैठकमा मेयर डा. राणाले लामो समयको प्रयासपछि रंगशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य सुरु गर्ने बताउनुभयो । रंगशाला निर्माणका लागि आइसिसी, संघ र प्रदेश सरकार समक्ष पहल गर्ने बताउनुभयो । यस वर्ष माटो पटानका लागि एक करोड बजेट छ । यसैगरी पर्खाल

निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ बजेट रहेको छ । बैठकमा क्रिकेट मैदान स्थान छनौट समितिका संयोजक तथा सहजीकरण समितिका संयोजक सुनिलसिंह हमालले छिटो भन्दा छिटो नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि अघि बढेको बताउनुभयो ।

बैठकमा नेकपाका केन्द्रिय सदस्य मोहम्मद हारुन, नेपालगञ्ज नगर अध्यक्ष डिल्ली बराल, प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारी, काँग्रेस नगर सभापति प्रशान्त विष्ट लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो । बैठकमा वडा अध्यक्ष समिरप्रताप सिंहले वडाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुनु वडाबासी र नगरबासीका लागि खुशीको क्षण भएको बताउनुभयो ।

११ बिघा ६ कठ्ठा जग्गा मध्ये रंगशालाका लागि ३ विघा ३ कठ्ठा, पेभिलियनका लागि ५ कठ्ठा, कर्वलाका लागि ३ विघा, हिन्दु मुर्चुवाका लागि २ विघा ३ कठ्ठा र वडा कार्यालयका लागि ३ कठ्ठा जग्गा छुट्टाइएको छ ।


प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १९:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP