नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, साउन १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग
डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, कात्तिक ९, २०७७ बागेश्वरी पोस्ट
डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग

डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ । जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिउँदका समयमा हुन सक्ने खाद्यान्न संकटलाई ध्यानमा  राख्दै उपल्लो डोल्पाका तीन स्थानीय तहमा कात्तिकभित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको हो ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा कात्तिकभित्र स्थलमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको  खाद्य सुरक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिए ।

“कोरोना भाइरसका कारण चीनको स्वशासित क्षेत्र तिब्बत हुँदै उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकामा खाद्यान्न लैजान चीनले भिसा दिएन, सोही कारणले हिउँदका समयमा उपल्लो डोल्पामा खाद्यान्न संकट पर्ने खतरा छ”, प्रमुख बुढाले भने ।

उपल्लो डोल्पामा पर्ने खाद्य संकटलाई हेरी कात्तिकभित्र खाद्यान्न ढुवानीका लागि संघीय र प्रदेश सरकार, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको केन्द्रिय कार्यालयलगायत सम्बन्धित निकायलाई अनुरोध गर्ने बैठकबाट निर्णय भएको हो ।

“हिउँदका समयमा उपल्लो डोल्पामा भारी हिमपात हुने भएकाले समयमा हवाई मार्गबाहेक स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्न सम्भव छैन, सोही कारणले तत्काल खाद्यान्न ढुवानी गर्न अनुरोध गर्ने निर्णय गरिएको हो ”, बुढाले थपे। 

कोरोना भाइरसका कारण मुख्य आम्दानीको स्रोत यार्सागुम्बा टिप्न नपाउनाका साथै ठेकेदारले चिनियाँ मार्ग हुँदै चामल, नुनलगायत सहुलितको खाद्यान्न ढुवानीका लागि प्रवेशाज्ञा नपाएपछि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।

सहुलियत मूल्यमा पाइने सरकारी चामल नगएपछि ३० किलोको रु छ हजार तिरेर खोजीखोजी बजारिया चामल प्रयोग गर्न बाध्य भएको उपल्लो डोल्पालीको गुनासो छ । खाद्यान्नसँगै आर्थिक संकट परेपछि स्थानीय साहुबाट ३६ प्रतिशतमा ऋण काढेर चामल किनेर खाने गरेको उपल्लो डोल्पामा पर्ने धो गाउँबासीले बताए ।

“पैसा हुनेले नगद दिएर चामल खान्छन्, नहुनेले चामलको मूल्यमा ३६ प्रतिशत ब्याज जोड्ने गरेर उधारोमा चामल खान्छन्, यस वर्ष यार्सागुम्बा टिप्न नपाएकाले केही नागरिकबाहेक अधिकाशंको आर्थिक अवस्था नाजुक छ”, धो गाउँका नेयार भोटेले बताए।

उपल्लो डोल्पामा उवा र आलु गरेर दुई बाली मात्र उत्पादन हुने भएकाले अरु सबै अन्यत्रबाट किनेर गुजारा गर्नुपर्ने बाध्यता छ ।भोट क्षेत्रमा बस्ने नागरिकको समस्यालाई ध्यानमा  राख्दै तत्काल सहुलियतको खाद्यान्न पठाउन जिल्लास्थित सरोकार निकायले सरकारसँग माग गरेका छन् ।


प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ९३.०४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
बाँकेमा कुल खेतीयोग्य क्षेत्रफलको ६० प्रतिशतमा धान रोपाइँ
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
भोलिदेखि फेरि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री–वितरण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP