prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • अन्तरिक्षमा नेपालले राख्न लागेको भू-उपग्रहप्रति लाओसको आपत्ति
अन्तरिक्षमा नेपालले राख्न लागेको भू-उपग्रहप्रति लाओसको आपत्ति
banijya office
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक ३०, २०७६ बागेश्वरी पोस्ट
अन्तरिक्षमा नेपालले राख्न लागेको भू-उपग्रहप्रति लाओसको आपत्ति

नेपालगन्ज । नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै सञ्चार भू-उपग्रह (स्याटलाइट) पठाउने तयारी गरिरहेको छ ।

nepalgunj 081-082

तर अन्तरिक्षमा भू-उपग्रह राख्ने स्थानलाई लिएर नेपाल र लाओसबीच विवाद सुरु भएको छ । नेपालले राख्न लागेको भू-उपग्रहले आफूलाई असर गर्ने भन्दै लाओसले विरोध गरेको हो । लाओसले अन्तर्राष्ट्रिय टेलिकम युनियन (आईटीयू) मा समेत यसबारे पत्र पठाइसकेको छ ।

आईटीयूले नेपाललाई आफ्नै भू-उपग्रह राख्न १२३.३ पूर्वी देशान्तरको स्टल दिएको छ । नेपालले उक्त स्टल आईटीयुसँग किनेको हो ।

नेपालले आईटीयूले उपलब्ध गराएको स्थानमा आफ्नो भू-उपग्रह राख्ने योजनासहितको निवेदन दिएपछि लाओसले आपत्ति जनाएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाली भू-उपग्रहबाट आफूले राख्न लागेको भू-उपग्रहमाथि असर पर्ने लाओसको दाबी छ ।

लाओसले आईटीयूबाट नि:शुल्क पाएको स्थानमा सन् २०१५ मा स्याटेलाइट राखिसकेको छ । लाओसले अन्तरिक्षको १२८.५ पूर्वी देशान्तरमा स्याटेलाइट राखिसकेको छ । लाओसलाई उक्त सेटलाइट राख्न चीनले मद्दत गरेको थियो ।

त्यस्तै लाओसले आईटीयूसँग १२६ पूर्वी देशान्तरमा स्टल किनेर अर्को स्याटेलाइट राख्ने तयारी गरेको छ । लाओस्टर–१ नाम दिइएको उक्त स्याटेलाइटलाई नेपालले राख्न लागेको स्याटलाइटले असर गर्ने भन्दै आईटीसँग असन्तुष्टि व्यक्त गरेको हो ।
 
सरकारले लाओससँग विवाद भएपछि विवादलाई वार्तामार्फत् समाधान गर्ने प्रयास गरिरहेको छ । साउन तेस्रो साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा मन्त्रालयका सहसचिव राधिका अर्याल, दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रायसहितको टोली लाओस पुगेर विवाद समाधानका लागि वार्ता गरेको थियो ।

अघिल्लो साता इजिप्ट भ्रमणका बेला सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटाले आईटीयूका महासचिव हाउलिन झाओलाई यसबारे कुरा उठाएका थिए ।

सरकारले आफ्नै स्याटेलाइट राख्न फ्रान्स सरकारको स्वामित्व भएको थेल्स एलेनियासँग समझदारी गरिसकेको छ ।

आईटीयूले नेपाललाई सन् १९८४ मै दुई स्थानमा स्याटेलाइट राख्न स्लट उपलब्ध गराएको थियो । नेपालले १२३.३ पूर्वी देशान्तरबाहेक ५० पूर्वी देशान्तरमा पनि स्याटेलाइट राख्न स्लट पाएको छ । योमध्ये १२३ं.३ पूर्वी देशान्तरमा स्याटेलाइट राख्ने तयारी सरकारले गरेको हो ।

इन्टरनेट ब्यान्डविथ र टेलिभिजन प्रसारणका लागि नेपालका कम्पनीहरू भारत, चीन, बेलायत र हङकङको स्याटेलाइटमार्फत सेवा लिइरहेका छन् ।


प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १३:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘क्यान इन्फोटेक २०२५’ समापन
‘क्यान इन्फोटेक २०२५’ समापन
नेपालगञ्जमा  ‘क्यान इन्फोटेक २०२५’ हुँदै
नेपालगञ्जमा ‘क्यान इन्फोटेक २०२५’ हुँदै
सरकार टिकटकमाथिको प्रतिबन्ध खोल्ने गृहकार्यमा
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
आजसम्म टिकटक बन्द नगरे ५५ ईन्टरनेट सेवाको लाइसेन्स खारेज गर्ने चेतावनी
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP