prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ३०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नरैनापुरमा भोलिदेखि माध्यमिक तहको पढाई हुँदै
नरैनापुरमा भोलिदेखि माध्यमिक तहको पढाई हुँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर १३, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरमा भोलिदेखि माध्यमिक तहको पढाई हुँदै

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकामा आइतबारदेखि पठनपाठन सुचारु हुने भएको छ । कोरोना संक्रमणका कारण आठ महिनादेखि बन्द रहेका विद्यालय आइतबारदेखि खुल्ने भएका हुन् ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सुचारु गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा माध्यमिक तहका विद्यालय सञ्चालन हुँदैछन् । आइतबारदेखि पहिलो चरणमा लक्ष्मणपुरस्थित आदर्श मावि, मटेहियास्थित महेन्द्र मावि र भोजपुरस्थित जयकिसान माविमा पठनपठान शुरु हुनेछ । ती विद्यालयका पनि माध्यमिक तह (कक्षा ९ देखि १२) को पढाई हुनेछ ।

कोरोनाका कारण लामो समय विद्यालय बन्द हुँदा प्रत्यक्ष सिकाई क्रियाकलाप अबरुद्ध भएकाले मन्त्रालयको कार्यढाँचा अनुसार आइतबारदेखि विद्यालय सुचारु गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । पछिल्लो समय नरैनापुरमा कोरोना नदेखिएपनि सम्पूर्ण सावधानी अपनाएर जोखिम नबढ्ने गरी विद्यालय सञ्चालन गरिने अध्यक्ष शाहले बताउनुभयो ।

"कार्तिक २७ गतेको गाउँपालिकाको शिक्षा समितिको बैठक, मंसिर ८ गतेको कार्यपालिकाको बैठक र १२ गतेको माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृत विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ मा उल्लेख भएका मापदण्ड अनुसार मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ,” प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले भन्नुभयो–“एक सातासम्म त्यसको प्रभाव हेरेर त्यसपछि थप विद्यालय र कक्षाहरु सुचारु गर्ने बारे निर्णय लिन्छौं ।”

प्रत्येक दिन कक्षा सुरु हुनु अगावै स्यानीटाइज गर्ने, प्रत्येक कक्षा कोठाहरुमा स्यानीटाइजरको व्यवस्था तथा अनिवार्य मास्क प्रयोगको प्रबन्ध मिलाइने शाहीले बताउनुभयो । ”प्रत्येक बेन्चमा दुई जना मात्रै विद्यार्थी बसाउने, एउटा कक्षामा १५ वटा भन्दा बढी बेन्च नराख्ने, प्रत्येक विद्यालयमा एक जना नर्स खटाउने छौं,“ शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले भन्नुभयो । स्वास्थ्यकर्मी खटाउनेदेखि मास्क र स्यानीटाइजरको व्यवस्थासंगै समग्र स्वास्थ्य सुरक्षाका जिम्मेवारी स्वास्थ्य शाखालाई दिइएको थारुले बताउनुभयो ।

विद्यालय सञ्चालन भइसकेपछि त्यसको अवस्था अनुगमनका लागि उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबको नेतृत्वमा निरिक्षण समेत गरिने थारुले बताउनुभयो । आइतबारदेखि खुल्ने विद्यालयहरुले मन्त्रालयको कार्यढाँचा र गाउँपालिकाको निर्णय अनुसार पूर्व तयारी गरेको बताएका छन् । पूर्ण सावधानीका साथ विद्यालय सञ्चालन गर्ने उनीहरुले बताएका छन् ।


प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७  १९:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
बाँकेमा आइतबारदेखि निजी विद्यालय संचालन हुने
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
जेन-जी प्रदर्शनः प्याब्सन बाँकेद्वारा शोकमा मंगलबार निजी विद्यालय बन्दको घोषणा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP