नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • जनताले सिटामोल नपाई रहदा मन्त्री भने हेलिकप्टर चार्टर गरेर पुगे शिलान्यासमा
जनताले सिटामोल नपाई रहदा मन्त्री भने हेलिकप्टर चार्टर गरेर पुगे शिलान्यासमा
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर १६, २०७७ बागेश्वरी पोस्ट
जनताले सिटामोल नपाई रहदा मन्त्री भने हेलिकप्टर चार्टर गरेर पुगे शिलान्यासमा

हुम्ला । जनताले सिटामोल नपाईरहदा मन्त्री भने हेलिकप्टर चार्टर गरेर शिलान्यास गर्न पुगेका छन् । हेलिकप्टर चार्टर गरेर अस्पताल शिलान्यास गर्न गएका मन्त्रीको चर्चा चौतर्फी उठन थालेको छ।सोमबार हुम्ला जिल्लाका ४ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकैसाथ शिलान्यास गरियो ।

ताँजाकोटमा १० शैयाको अस्पताल , अदानचुली, सर्केगाड र नाम्खामा १५ शैयाका अस्पतालको एकसाथ शिलान्यास गरिएको थियो । हुम्लाको सर्केघाढ गाउँपालिकाको अस्पताल कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेतबाट हेलिकप्टर चार्टर गरेर शिलान्यास गरे । ताँजकोट र अदानचुली गाउँपालिकाको अस्पताल उपाध्यक्ष मञ्जु बुढा र सौमती ऐडीले गरे । यसैगरी नाम्खा गाउँपालिकाको अस्पताल शिलान्यास गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर तामाङले गरे ।

अदाचुली र ताँजकोट गाउँपालिकासंगै सर्केगाड गाउँपालिकाको अस्पताल उद्घाटन गर्नका लागि केहि दिनअघि सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्षहरुसँग परामर्शमा लागेका मन्त्री रावलले उद्घाटन गर्न सुर्खेतबाट तीन वटै गाउँपालिका केन्द्रसम्म हेलिकप्टर लिनुपर्ने र हेलिकप्टरको चार्टर बापतको खर्च गाउँपालिकाले ब्यहोर्नु पर्ने भनेपछि हेलिकप्टर चार्टर गरेर अस्पताल शिलान्यास गर्नु भन्दा सो रकमले पालिकाको अन्य कुनै काममा खर्च गर्ने मनसायका साथ अदाचुली र ताँजकोट दुबै गाउँपालिकाका अध्यक्ष पालिकाको कामको शिलशिलामा सुर्खेतमा रहेकाले अस्पतालको शिलान्यास उपाध्यक्ष सौमती ऐडी र मन्जु बुढाले गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।

हेलिकप्टर लिएर मन्त्री सहितका गाउँपालिकाका पदाधिकारी सुर्खेतबाट जाने र तीनवटै पालिकामा निर्माण हुने अस्पतालको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको भए पनि अदाचुली र ताँजकोट गाउँपालिकाले मन्त्री नलिएर आफ्नो अस्पताल आफ्नै उपाध्यक्षको हातबाट गर्ने भनेपछि यसभन्दा अगाडि कर्णाली प्रदेशका विभिन्न जिल्लामा भवन उद्घाटन र अनुगमनका क्रममा मन्त्रीहरु सवार हेलिकप्टरकोे भाडा अहिलेसम्म भुक्तानी नभएका कारण हेलिकप्टर कम्पनीले उडान भर्न अस्विकार गरेपछि हुम्लाको सर्केघाड गाउँपालिकाकाले हेलिकप्टर चार्टर गर्दा अस्पताल शिलान्यास गर्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल सर्केगाड पुगेका हुन् ।

सर्केगाड गाउँपालिकाका नागरिक तथा प्रदेश सांसदसंगै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीसमेत भएकाले अस्पताल शिलान्यास गर्न जाने भनेपछि गाउँपालिकाले नैं हेलिकोप्टर चार्टरमा लाग्ने रकम व्यहोर्ने गरेर मन्त्री रावल, गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर रोकाया (करुण) र उपाध्यक्ष जोशी धामी सहितको टोली हेलिकप्टरमा सर्केगाड पुगी अस्पताल शिलान्यास गरी पुनः सुर्खेत फर्किएको सर्केगाड गाउँपालिका उपाध्यक्ष धामीको भनाइ छ ।

पालिकाका लागि बजेटको ब्यबस्था गर्नु पर्नेमा अस्पतालको भवन शिलान्यास गर्न पालिकाले लाखौं खर्चेर हेलिकप्टरको प्रयोग गर्ने, नेपाल सरकारको काममा आफ्नो नाउँ जोड्न प्रदेश सरकार पुग्नै पर्ने र पुग्दा स्थानीय तहको बजेट खर्च गर्नु पर्ने प्रवृत्तिले गलत परम्परा बसेको सर्केगाड ४ का स्थानीय धनराज शाहीले बताए ।

उनले भवन शिलान्यास गर्न पालिकाको रकम खर्चेर हेलिकप्टर प्रयोग गर्ने मन्त्री रावलको कामको विरोध गरे । ‘गाउँका स्वास्थ्य संस्थामा सिटामोल समेत छैन । जनता रोगबाट पीडित छन् । मन्त्री र गाउँपालिकाका जनप्रतिनिधि गाउँपालिकाको रकममा आफ्नो प्रभाव जमाउन हेलिकप्टरको प्रयोग गर्छन् । यसले गर्दा जिल्लामा नराम्रो प्रभाव पार्छ’ एक स्थानीयले भने ।


प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  ११:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
न्यूनतम् सेवा मापदण्डमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सुधार, ६१.९९ अंक पायो
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
बजार अनुगमनः अन्सारीमा म्याद गुज्रेका सामान, ओम तन्दुरीको 'भान्सा' नाजुक !
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
डेन्टल एसोसिएसन बाँकेको अध्यक्षमा डा. बजगाई र महासचिवमा डा. न्यौपाने
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
फत्तेवाल आँखा अस्पतालः २९ लाखको आँखा परीक्षण, झण्डै तीन लाख शल्यक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP