prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • गृहपृष्ठ
  • पत्रपत्रिकामा
  • यसकारण लम्बिँदै छ मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया
यसकारण लम्बिँदै छ मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर ३, २०७६ बागेश्वरी पोस्ट
यसकारण लम्बिँदै छ मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया
PM office

काठमाडाैं । दुई मन्त्रीलाई हटाउने र राख्ने विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद हुँदा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया ढिला भएको छ ।

पूर्व माओवादीतर्फबाट गृहमन्त्री बनेका रामबहादुर थापा र खानेपानी मन्त्री बीना मगरलाई हटाउने वा नहटाउने भन्ने विषयमा ओली–दाहालबीच मतान्तर देखिएको हो । प्रधानमन्त्री निकट स्रोतअनुसार प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई यथावत राख्ने र खानेपानीमन्त्री मगरलाई हटाउने पक्षमा छन्। तर, अध्यक्ष दाहाल गृहमन्त्री थापालाई हटाउने र बुहारी बीनालाई खानेपानीमन्त्रीमै यथावत राख्ने अडानमा छन्। ओली र दाहालको यही अडानका कारण मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको छ।

आफ्नो पारिवारिक कारण बुहारी समेत रहेकी मन्त्री मगरलाई नहटाउने अडान दाहालले प्रधानमन्त्री समक्ष लिएका छन्। दाहाल गृहमन्त्री थापालाई हटाएर उनको ठाउँमा आफू अनुकुलका व्यक्ति पठाउने योजनामा छन्। दाहाल निकट एक नेताकाअनुसार पछिल्लो समय दाहाल र थापाबीचको सम्बन्ध राम्रो छैन। सरकारमा गएपछि आफूलाई सहयोग र समन्वय नगरेको भन्दै दाहाल थापासँग असन्तुष्ट छन्। त्यसकारण उनलाई हटाएर आफू अनुकुलको व्यक्ति गृहमन्त्री बनाउने सोचमा दाहाल छन्।

अध्यक्ष दाहाल कृषिमन्त्री चक्रपाणी खनाल र उद्योगमन्त्री मातृका यादवलाई हटाएर उनीहरुको ठाउँमा जनार्दन शर्मा, लेखराज भट्ट वा अग्नी सापकोटालाई मन्त्री बनाउने योजनामा छन्। प्रधानमन्त्री ओली भने थापालाई मन्त्रीमै यथावत राख्दा पार्टीभित्रको शक्ति समीकरण नबिग्रने भन्दै हटाउन चाहँदैनन्। ‘प्रधानमन्त्रीको चाहना त पूर्व माओवादी तर्फका दुईजना (थापा र वर्षमान पुन) बाहेक अरु सबै हटाउने र नयाँ ल्याउने भन्ने छ। तर, अध्यक्ष दाहाल भने दुईजना मात्रै हटाउने अडानमा हुनुहुन्छ। यीनै अडानले मन्त्रिपरिषद् पुनर्गठन लम्बिएको हो,’ स्रोतले भन्यो। ओली र दाहालबीच यस विषयमा कुरा मिलेलगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ। यही विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल छलफलमा बसेका छन्।

बालुवाटार स्रोतका अनुसार आगामी बिहीबारअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनामा प्रधानमन्त्री ओली छन्। यही योजनाअनुसार उनले आफ्नो गृहकार्य अगाडि बढाएका छन्। कान्तिपुर दैनिकमा खबर छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
सत्तामा फर्कन रवि लामिछानेको आशक्ति
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
डीएसपीको उक्साहटमा प्रश्नपत्र चोरी भएको खुलासा
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
प्राधिकरणमा कुलमानको दोस्रो इनिङ सुरु
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
होटलमा ‘लुकाएको’ कोरोना विरुद्धको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP