नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २, २०८३ बागेश्वरी पोस्ट
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको यात्रा समय घटाउने निर्णय गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा आज भएको समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्रा समय घटाउने निर्णय गरेको हो । बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्र शाह लगायतको उपस्थितिमा भएको बैठकले सो  निर्णय गरेको हो ।

बैठकले निकुञ्जको सिमानामा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्म लगाइएको टाइम कार्डको समयावधि घटाउने निर्णय गरेको हो । बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार ४० किलोमिटर प्रतिघण्टाको दरले १४ दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्ने समय निर्धारण गरिएकोमा हाल कायम रहेको न्यूनतम २४ देखि अधिकतम २८ मिनेटको समयलाई घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिने भएको छ । वैज्ञानिक तवरले विश्लेषण गर्दा उक्त दूरी न्यूनतम २१ मिनेटदेखि अधिकतम २४ मिनेटमा पार गर्न सकिने देखिएकाले नयाँ समय लागू गर्ने निर्णय गरिएको अध्यक्ष शाहले बताए । यसैगरी, राजमार्गमा पर्यटन प्रवर्द्धन, मानव वन्यजन्तु सहअस्तित्व तथा सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना बोर्ड, होर्डिङ बोर्ड र साइनपोस्ट स्थापना गर्ने निर्णय गरिएको छ । यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिने भएको छ ।

बैठकले बाँके जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई ‘ब्रान्डिङ’ गरी प्रचार–प्रसार गर्ने निर्णय समेत गरेको छ । नेपालगन्ज उपमहानगरपालिकासहित अन्य सरोकारवाला निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुञ्जको प्रचार–प्रसार गर्ने व्यवस्था मिलाइने भएको छ । बैठकमा निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो । कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ । बैठकमा सहायक अपरेसन अधिकृत निशान श्रेष्ठ, सुपुष्प रेग्मी, प्रेम कार्की, पुर्मला गिरी लगायत रणध्वज गण तथा बाँके राष्ट्रिय निकुञ्जका अधिकारीहरूको समेत सहभागिता थियो ।


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP