नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ३, २०८३ बागेश्वरी पोस्ट
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन

नेपालगन्ज । युवा घर नेपालगन्जको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन बुधबार सम्पन्न भएको छ । तेस्रो अधिवेशनले शिवकुमार वर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनको बन्दसत्रबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती रोकाया, सचिवमा रविन्द्र बोहरा, कोषाध्यक्षमा शोभा थापा मगर र सहसचिवमा रमिता शाह चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा शुद्ध चौधरी, विवेक पराजुली, मनिष कर्माचार्य, सरीफ धोबी, प्रदीप बोहरा र मिना घर्ती चयन भएका छन् । संस्थाले वर्षभरि सञ्चालन गरेका कार्यक्रमको समीक्षा तथा आगामी कार्ययोजना तय गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि अम्बिका काफ्लेले युवाहरूको क्षमता, सीप र सिर्जनशीलतालाई समाज तथा राष्ट्र निर्माणमा जोड्नुपर्ने बताइन् । युवालाई अवसर र जिम्मेवारी प्रदान गर्न सके उनीहरू विकासका महत्वपूर्ण साझेदार बन्न सक्ने उल्लेख गर्दै उनले युवा लक्षित कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन तीनै तहका सरकार तथा गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक रहेको बताइन् । युवाहरूलाई नेतृत्व विकास, सीपमूलक शिक्षा, रोजगारी तथा उद्यमशीलतासँग जोड्दै उनीहरूको भविष्य सुरक्षित बनाउने दिशामा युवा घरले काम गर्दै आएको बताउँदै काफ्लेले आगामी दिनमा संस्थाले अझ सशक्त रूपमा काम गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले युवाहरूको सहभागिता बिना देशको समग्र विकास सम्भव नहुने बताए । युवाहरूलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा जोड दिँदै उनले युवाको क्षमता र ऊर्जालाई सही दिशामा परिचालन गर्न गैरसरकारी संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । युवा घर नेपालगन्जले युवाको क्षमता विकास, नेतृत्व निर्माण तथा सामाजिक क्षेत्रमा सक्रिय सहभागिताका लागि गर्दै आएको भूमिकालाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले युवाको क्षमता विकास र सकारात्मक परिचालनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । युवाका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने गरी शिक्षा, सीप, खेलकुद, रोजगारी तथा नेतृत्व विकासका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।स्थानीय तहले युवालाई विकासका लाभग्राहीका रूपमा मात्र नभई विकास निर्माणका साझेदारका रूपमा अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै थापाले युवा घर नेपालगन्जजस्ता संस्थासँगको सहकार्य र समन्व यलाई अझ मजबुत बनाउँदै लैजाने बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष मजहर अली साईले युवाको क्षमता र ऊर्जालाई सकारात्मक क्षेत्रमा परिचालन गर्नुपर्ने बताए । युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै युवालाई सामाजिक विकासमा सक्रिय सहभागी गराउनुपर्ने उनको भनाइ थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का कार्यवाहक वडा अध्यक्ष सोहन वर्मा, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

युवा घरका सदस्य शिवकुमार वर्माले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष वसन्ती रोकायाले स्वागत गरेकी थिइन् । कार्यक्रममा युवा घरका अध्यक्ष मन भण्डारीले संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।


प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
युवा घर नेपालगन्जको अध्यक्षमा शिवकुमार वर्मा चयन
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
नेपालगञ्जमा छाडा पशुचौपाया नियन्त्रण अभियान निरन्तर
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP