नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ४, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले उद्योगी–व्यवसायीको हितलाई केन्द्रमा राख्दै विभिन्न प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । संयुक्त प्यानलले बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने, पर्यटन प्रवद्र्धन गर्ने तथा महोत्सव, मेला र औद्योगिक प्रदर्शनीमार्फत स्थानीय उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने जनाएको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थासँग सहजीकरण, सामूहिक बीमा कार्यक्रमको निरन्तरता, व्यवसायीमैत्री नीति तथा कानुन निर्माणका लागि पहल, सामाजिक सेवा तथा व्यवसायी लक्षित तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको हो ।

व्यवसायीलाई नियमित कामबाट विश्रामका लागि महिनामा एक दिन बजार बन्द गर्ने व्यवस्था मिलाउने, व्यवसायी सहायता कक्ष तथा परामर्श केन्द्र स्थापना गर्ने र संघको कार्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना पनि प्यानलले अघि सारेको छ ।

प्रतिबद्धता सार्वजनिक कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियार, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, पूर्व अध्यक्षहरू कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरी, संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओली, संघका पूर्व महासचिव एवं प्रजातान्त्रिक उद्योग व्यवसायी संघका नेता विष्णु लामिछाने, नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट, होटल व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष भाष्कर काफ्ले लगायत विभिन्न पदका उम्मेदवार तथा उद्योगी–व्यवसायीहरूको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी ओलीले उद्योगी–व्यवसायीका समस्या र मुद्दालाई केन्द्रविन्दुमा राखेर आफूहरू निर्वाचनमा अघि बढेको बताए । उनले सार्वजनिक गरिएका प्रतिबद्धता पूरा गर्न आफू नेतृत्वको टिमले प्रभावकारी पहल र समन्वय गर्ने दाबी गरे ।

ओलीले संघलाई व्यवसायीको साझा संस्था बनाउँदै नीति निर्माणदेखि व्यवसाय सञ्चालनसम्म देखिएका समस्याको समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर संवाद र सहकार्य गर्ने बताए । उद्योग–व्यवसायको वातावरण सुधार गर्दै नेपालगन्जको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो ।


प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: संयुक्त प्यानलको प्रतिबद्धता-पत्र सार्वजनिक
पत्रकार शाह र गैरे सम्मानित
पत्रकार शाह र गैरे सम्मानित
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
बाँकेमा ९७.३९ प्रतिशत धान रोपाइँ
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
नेपालगञ्ज उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व घोषणा, तीन समूहबीच सहमतिपछि ओली अध्यक्षका उम्मेदवार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP