नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • खजुराको गौघाटमा अन्तरक्लब भलिबल हुँदै
खजुराको गौघाटमा अन्तरक्लब भलिबल हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस ११, २०७७ बागेश्वरी पोस्ट
खजुराको गौघाटमा अन्तरक्लब भलिबल हुँदै

नेपालगन्ज । माघी पर्वको अवसरमा बाँकेको खजुरामा अन्तरक्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । माघको १ गतेदेखि सुरु हुने प्रतियोगितामा खजुरा क्षेत्रका क्लबको सहभागिता रहने आयोजक योगिनी युवा क्लबले बताएको छ । योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले ग्रामीण क्षेत्रबाट भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको बताउनुभयो । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा विगतमा भलिबलको स्तरीय प्रतियोगिता हुने गरेको थियो । तर, पछिल्लो समय यस क्षेत्रमा भलिबलका गतिविधि कम भएका छन् ।

भलिबल खेलमा स्थानीय युवाहरुको आर्कषण देखिएकोले पनि भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा हाम्रो गाउँमा क्षेत्रीय स्तरको प्रतियोगिता भएको इतिहास छ । यहाँबाट राष्ट्रिय स्तरको खेलाडीको उत्पादन भएका थिए । तर, विविध कारणले पछिल्लो समय यस क्षेत्रमा स्तरीय प्रतियोगिता हुन सकेको छैन । हाम्रो क्लब युवाहरुलाई सशक्त बनाएर समाजको विकासका लागि काम गरिरहेको क्लब हो । यसले खेलकुदका माध्यमबाट युवाहरुलाई सामाजिक भावनाको विकास गराउनमा पनि उत्प्रेरित गर्छ ।’ आज क्लबको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिताको आयोजनाको लागि दिलिप महतारा संयोजक र हरेन्द्र राईलाई संहसंयोजकको जिम्मेवारी दिइएको छ ।

प्रतियोगिताको विजेतालाई २० हजार र उपविजेतालाई १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा मेडल प्रदान गर्ने निर्णय भएको अध्यक्ष थापाले बताउनुभयो । योगिनी युवा क्लबले एक वर्ष अघि सहयोगी आवाज (हिभ) नेपालसँग सहकार्य गरेर प्रथम योगिनी कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । कोरोनाका कारण दोस्रो संस्करण प्रभावित भएको क्लबले बताएको छ ।

 


प्रकाशित मिति: शनिबार, पुस ११, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
एसियन गेम्सको महिला कबड्डीमा नेपाललाई कास्य पटक
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप २०२६ च्याम्पियन,एसिया कपमा पनि छनौट
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
नेपाल एसीसी प्रिमियर कपको फाइनलमा, एसिया कप छनौटका लागि एक जित टाढा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP