prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • बाँके जिल्ला स्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न
बाँके जिल्ला स्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न
banijya office
बागेश्वरी पोस्ट
शनिबार, पुस २५, २०७७ बागेश्वरी पोस्ट
बाँके जिल्ला स्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न

नेपालगन्ज । आज २५ पौष २०७७ मा सम्पन्न प्रभात मेमोरियल हाई स्कुल बाँके जिल्ला स्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगितामा कक्षा ४ मा अध्ययनरत १० वर्षीय अनुप जंग शाह च्याम्पिएन हुन सफल भएका छन ।

nepalgunj 081-082

प्रभात मेमोरियल हाई स्कुल नेपालगंज-१०, बाँकेका गौरव गिरी (सभापति) तथा लुम्बिनी प्रदेश बुद्धिचाल संघको अध्यक्ष धनराम वली (प्रमुख आतिथी) द्वारा संयुक्त रुपमा चेसको गोटी चली उदघाटन गरिएको प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै पत्रकार झलक गैरेले विगत २र३ वर्ष यता बाँके जिल्ला बुद्धिचाल संघले काँचुली नै फेरेको, धेरै फड्को मारेको विचार व्यक्त गर्नु भयो ।

प्रभात स्कुलमा सम्पन्न भएको प्रतियोगितामा अतिथि रहेका बाँके जिल्ला बुद्धिचाल संघका सचिव अभिराज क्षेत्रीले शुभकामना मन्तव्य राख्दै वि.सं. २०८० को दशकमा बाँकेबाट ओलम्प्याड खेलाडीको लक्ष्यका साथ २०७७ साल भदौ ८ गते धनराम वलीको अध्यक्षतामा बाँके जिल्ला बुद्धिचाल संघ आधिकारिक तवरमा गठन गरिएको तथा सो लक्ष्यमा पुग्ने क्रम अन्तरगत आउने माघ महिनामा बाँके जिल्ला भित्र रेटिङ्ग चेस टुर्नामेंट गरिने जानकारी दिनु भयो ।

त्यसै गरि विशेष अतिथी समेत रहनु भएका बर्दिया जिल्ला बुद्धिचाल संघको पूर्व अध्यक्ष एवम लुम्बिनी प्रदेश बुद्धिचाल संघका पूर्व सदस्य किरन नापितले खेलाडीहरुलाई शुभकामना दिदै सहभागी खेलाडीहरुलाई नगद पुरस्कार तर्फ व्यक्तीगत रुपमा रु. ५००।- थप नगद प्रदान गर्नु भएको हो ।

प्रतियोगिताका प्रमुख अतिथि धनराम वलीले लुम्बिनी प्रदेशमा चेसलाई स्कोपमुखी बनाउदै लैजाने र अन्य खेलमा जस्तै चेसका प्रशिक्षकहरु समेत नियुक्त गर्न लुम्बिनी प्रदेश सरकारसँग पहल गरिरहेको जानकारी दिनु भयो ।

कुल ३० जना प्रतिस्पर्धी खेलाडीहरु सहभागी रहेको तथा पशुपति नाथ योगीले चिफ आर्विटरको भूमिका निर्वाह गरेको प्रतियोगितामा १२ जना खेलाडीहरु नगद सहित पुरस्कृत हुन सफल भएका छन । ५ राउण्डमा सम्पन्न भएको प्रतियोगितामा ५ अंकका साथ कमल पोखरी स्कुल राझाका अनुपजंग शाह प्रथम भएका छन भने ४ अंक जोड्दै जे.बी. स्कुलका आयुष खत्री दोश्रो, संगम पोख्रेल तेश्रो, नेपालगंज मोडेल एकेडेमीका सुभाष शाह चौथो र ३।५ अंकका साथ भेरी प्राविधिक शिक्षालयका केशर वली पाँचौ भएका छन । महिला तर्फ सगुन श्रेष्ठ प्रथम, जे.बी. स्कुलकी ज्योती शर्मा दोश्रो हुन सफल भएकी हुन ।

त्यसै गरि विद्यार्थी तर्फ आदर्श स्कुलका कृषु चौधरी प्रथम, कमल पोखरी स्कुलकै सौगात भाम दोश्रो तथा अन्डर १० वर्ष तर्फ होप एकेडेमीका सम्यक गैरे ९पुरुष० र होलिल्याण्ड स्कुलकी आर्सी कार्की (महिला) दुबै प्रथम भएका छन भने कोहलपुर बेष्टमा पञ्चमुखी स्कुलका सिद्धार्थ पुनले सफलता हात पारेका छन ।

पुरस्कृत खेलाडीहरुलाई बाँके जिल्ला बुद्धिचाल संघका सदस्य मदन वली र आयोजक स्कुलका गौरव गिरीले संयुक्त रुपमा नगद पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
Image may contain: 7 people, including Pashupati Nath Yogi, people standing
Image may contain: 2 people, people standing, people sitting and outdoorImage may contain: one or more people and people sitting
Image may contain: 1 person, sitting, chess, eyeglasses, plant, tree, outdoor and closeup


प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  १९:५९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
नेपालगन्जमा प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता सम्पन्न
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
प्रथम उपमेयर कप फुटसलको उपाधि युनाइटेड एफसीले जित्यो
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
भलिबल प्रतियोगितामा महिलातर्फ आदर्श र पुरुषतर्फ धम्बोझी मावि प्रथम
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्जमा मेयर कप भलिबल प्रतियोगिता सुरु
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP