नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सम्पूर्ण तयारी पूरा
धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सम्पूर्ण तयारी पूरा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ५, २०७६ बागेश्वरी पोस्ट
धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सम्पूर्ण तयारी पूरा

नेपालगञ्ज । शनिवार हुने धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । क्रिएटिभ ह्याण्ड्सको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहआयोजनामा हुने धारा नेपालगञ्ज म्याराथनमा करिब २७ सय जनाले सहभागिता जनाउनेछन् ।

नेपालगञ्जमा आज गरिएको पत्रकार भेटघाट कार्यक्रममा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले यो संस्करणमा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफ म्याराथन, १० किलोमिटर खुल्ला पुरुष, ५ किलोमिटर खुल्ला महिला, ५ किलोमिटर स्कुल स्तरीय छात्र तथा ३ किलोमिटर छात्रा दौड समावेश गरिएको जानकारी दिनुभयो । त्यसैगरी ८ देखि १२ बर्ष उमेर समूहको पनि दौड राखिएको छ भने शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समेटिएको ठकुरीले बताउनुभयो । यस बर्षदेखि २ किलोमिटरको कर्पोरेट रन पनि समेटिएको छ ।

यसमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा विभिन्न पेशाका व्यक्ति र व्यवसायीहरुले सहभागिता जनाउनेछन् । म्याराथनमा प्रथमले ६५ हजार, द्वितियले ३५ हजार, तृतीयले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौंले ८ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार नगद पुरस्कार पाउनेछन् । त्यसैगरी हाफ म्याराथनमा शीर्ष ६ जनालाई क्रमशः ३५ हजार, २० हजार, १० हजार, ८ हजार, ६ हजार र ५ हजार नगदले पुरस्कृत गरिने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

खुल्ला पुरुष १० किलोमिटर र महिला ५ किलोमिटरतर्फ क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजारले पुरस्कृत गरिनेछ । त्यस्तै स्कुल स्तरीय छात्र एवम् छात्रा तथा ट्राइसाइकल तर्फका शीर्ष तीन जनालाई ५ हजार, ३ हजार र २ हजार पुरस्कार दिइनेछ । शनिवार विहान साढे ६ बजे नेपालगञ्जको विपी चोकदेखि शुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः विपी चोकमा पूरा हुने म्याराथनमा राष्ट्रिय स्तरका धावकहरु सहभागी हुने आयोजकले जनाएको छ ।

यस पटकको म्याराथनको मुख्य प्रायोजकका रुपमा धारा तोरीको तेल रहेको छ । विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक बर्ष यो म्याराथन आयोजना हुँदै आएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
सुपरस्टारले उचाल्यो प्रथम नेपालगन्ज आदर्श तेक्वान्दोको उपाधि 
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
पाँचौं प्याब्सन नेपालगञ्ज यू-१४ फुटबल मेयर कपः सेमिफाइनल समिकरण पूरा
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
प्याब्सन नेपालगञ्ज यू–१४ फुटबलः दोस्रो दिन विभिन्न पाँच विद्यालय विजयी
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
नेपालगन्जमा प्रथम आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता हुँदै 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP