नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • १३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा
१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा
RSG-2
रासस
बिहीबार, फागुन १३, २०७७ रासस
१३ वर्षमुनिका खेलाडी छनोट गर्दै एन्फा

सुर्खेत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यही फागुन १८ र १९ गते वीरेन्द्रनगरमा ग्रासरुट फुटबल प्रशिक्षणका लागि १३ वर्ष मुनिका खेलाडीको छनोट गर्ने भएको छ।

हाल एन्फामा आवद्ध कर्णालीका सुर्खेत र जुम्लाका जिल्ला फुटबल सङ्घअन्तर्गत सञ्चालित ग्रासरुट फुटबल प्रशिक्षणमा राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि खेलाडी छनोट गर्न लागिएको हो। जिल्लास्तरमा सम्पन्न प्रारम्भिक चरणको छनोटबाट सुर्खेतका २६ जना बाल खेलाडी दोस्रो चरणको छनोटमा पर्न सफल भएका छन्।

कर्णाली प्रदेश फुटबल सङ्घका महासचिव गणेशकुमार कार्कीले एन्फाकै प्रशिक्षक तथा प्राविधिक टिमले २६ मध्येबाट राष्ट्रियस्तरका लागि खेलाडी छनोट गर्ने जानकारी दिए। उनका अनुसार आधारभूत तहदेखि नै फुटबलको विकास गर्न, सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टिम बनाउने उद्देश्यले सुर्खेत र जुम्लाका खेलाडीको छनोट सुर्खेतको वीरेन्द्रनगरमा गर्न लागिएको हो।

सुर्खेतमा यही फागुन १८ र १९ गते स्थानीय रङ्गशालामा खेलाडी छनोट चरण सञ्चालन हुनेछ। छनोटमा आउने खेलाडीले आफू २०६५ पुस १५ देखि २०६६ पुस १४ गतेसम्मको अवधिमा जन्मिएको जन्मदर्ताको प्रमाण पेश गर्नु पर्नेछ। जिल्ला र प्रादेशिक तह हुँदै राष्ट्रिय छनोट पार गर्ने खेलाडीलाई एन्फाले आफ्ना प्राविधिक केन्द्रमा आवासीय रुपमा राखेर पढाइ लेखाइसँगै फुटबल प्रशिक्षण दिनेछ।

बालबालिकालाई आठ वर्षको उमेरदेखि नै फुटबलमा आकर्षित गर्न एन्फाको कार्यक्रम अनुसार सुर्खेत जिल्लामा पनि करीब तीन वर्षदेखि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालनमा छ। विभिन्न विद्यालयका उमेर समूहका खेलाडीबीच ग्रासरुट लिग पनि नियमित रुपमा सञ्चालन भइरहेको बताइएको छ।


प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
विश्वकपमा जापानको शानदार प्रदर्शन, ट्युनिसियामाथि ४–० को प्रभावशाली जित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनीद्वारा आइभरी कोस्ट पराजित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले हरायो, जर्मनीद्वारा आइभरी कोस्ट पराजित
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
विश्वकप: ब्राजिलको उत्कृष्ट प्रदर्शन, हैटी ३-० गोलले पराजित
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
नेपालगन्जमा जारी मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP