नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पाँचौं धारा नेपालगञ्ज म्याराथनमा आर्मीका नवराज साउद च्याम्पियन
पाँचौं धारा नेपालगञ्ज म्याराथनमा आर्मीका नवराज साउद च्याम्पियन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ७, २०७६ बागेश्वरी पोस्ट
पाँचौं धारा नेपालगञ्ज म्याराथनमा आर्मीका नवराज साउद च्याम्पियन

नेपालगञ्ज । त्रिभुवन आर्मी क्लबका धावक नवराज साउद पाँचौ धारा नेपालगञ्ज म्याराथनका च्याम्पियन बनेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २५ मिनेट ४२ सेकेण्डमा पूरा गर्दै ६५ हजार रुपैयाँ प्राप्त गरेका छन् । क्रिएटिभ ह्याण्ड्सको आयोजनामा भएको म्याराथनतर्फ आर्मीकै खेलाडीले वर्चश्व कायम गर्दै शीर्ष ५ स्थान कब्जा गरेका छन् ।

दोस्रो स्थानका खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेण्डमा दुरी पूरा गर्दै ४० हजार रुपैयाँ पाए । तेस्रो स्थानका राजेन्द्र राउत २ घण्टा २९ मिनेट १४ सेकेण्डमा दुरी पूरा गर्दै २० हजार रुपैयाँले पुरस्कृत भएका छन्। चौथो र पाँचौ स्थान क्रमशः रामप्रसाद भट्टराई र देवराज महताराले हासिल गरे । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भए । शीर्ष ८ स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन् । महिला हाफ म्याराथनतर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले उपाधि हासिल गरेकी छिन् । उनले निर्धारित दुरी १ घण्टा ३० मिनेट २१ सेकेण्डमा पूरा गर्दै ४० हजार रुपैयाँ प्राप्त गरिन् ।

दोस्रो स्थान हासिल गरेकी राममाया बुढाले १ घण्टा ३० मिनेट ५८ सेकेण्डमा दुरी पुरा गरिन् । उनले २० हजार पाउँदा तेस्रो स्थान हासिल गर्दै कृष्णाश्वरी सिन्तकलाले १० हजार प्राप्त गरिन् । चौथो स्थानमा मन्जु रावत र पाँचौमा प्रतीक्षा मगर आए । पुरुष १० किलोमिटर खुलातर्फ अजित कुमार यादवले प्रथम स्थान हासिल गरेका छन् । उनले ३१ मिनेट ४० सेकेण्डमा दुरी पूरा गर्दै १० हजार रुपैयाँ पाए । दोस्रो स्थानका रामजी बस्नेतले ३२ मिनेट २० सेकेण्ड तथा तेस्रो स्थानका सन्तोष विक्रम विष्टले ३२ मिनेट २४ सेकेण्डमा दौड पूरा गरे । रामजीले ७ हजार तथा सन्तोषले ५ हजार रुपैयाँ पाएका छन् ।

महिला ५ किलोमिटरमा काजल विष्टले १८ मिनेट ४५ सेकेण्डमा दुरी पूरा गर्दै १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार प्राप्त गरिन् । ५ किलोमिटर छात्रमा केशर मास्के प्रथम, एकेन्द्र विक दोस्रो र कमल विक तेस्रा भए । छात्रा ३ किलोमिटर दौडमा सिमा चौधरी प्रथम हुँदा पूर्णिमा खड्का दोस्रो र हरिमाया गुरुङ तेस्रो भइन् ।

२ किलोमिटर कर्पोरेट दौडमा केशव बिसी प्रथम, अरुण गौतम दोस्रो तथा डाक्टर सन्दीप गुरुङले तेस्रो स्थान हासिल गरे । व्हिल चेयर अन्तर्गत् ट्राइसाइकल दौडमा यज्ञ बहादुर खत्री प्रथम, सेवक राम थारु दोस्रो र शेरबहादुर शाही तेस्रो भए । किड्स रनतर्फ मोडल एकेडेमी प्रथम हुँदा युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रा भएका छन् ।


प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
फिफा विश्वकप २०२६: अन्तिम १६ को समीकरण पूरा
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
नेपालगञ्जमा व्यवसायी–पत्रकारबीच भएको मैत्रीपूर्ण फुटसल बराबरी
विश्वकप २०२६:  ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६: ब्राजिल समूह 'सी' को विजेता, मोरक्को पनि नकआउट चरणमा
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
विश्वकप २०२६ : पोर्चुगलको गोल वर्षा, क्रोएसियाको जित र इङ्ग्ल्यान्ड–घाना बराबरीले समूह चरण रोचक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP