नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • नरैनापुरलाई आगामी बैशाखसम्म साक्षर घोषणा गरिने
नरैनापुरलाई आगामी बैशाखसम्म साक्षर घोषणा गरिने
बागेश्वरी पोस्ट
बुधबार, फागुन १९, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरलाई आगामी बैशाखसम्म साक्षर घोषणा गरिने

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकालाई आगामी बैशाख मसान्तसम्ममा साक्षर घोषणा गरिने भएको छ । गाउँ शिक्षा समितिको बैठकले साक्षर नेपाल घोषणा गर्ने नेपाल सरकारको अभियान अनुरुप नरैनापुर गाउँपालिकालाई बैशाखसम्ममा साक्षर पालिका घोषणा गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति बाँकेसंगको प्रतिबद्धता एवम् गाउँपालिकाको आर्थिक बर्ष २०७७/७८ को स्वीकृत कार्यक्रम 'साक्षरता तथा अभिभावक शिक्षा' अन्तर्गत् यस कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिनुभयो । साक्षरता अभियानको मूल नारा "साक्षर पालिका नरैनापुर, बनाउँछौ साक्षर छैन दुर" तय गरिएको छ । अभियानलाई सफल बनाउन गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको संयोजकत्वमा पालिकास्तरीय मूल समिति बनाइएको छ । मूल समितिको सदस्यमा गाउँपालिकाका सम्पूर्ण सदस्य, गाउँ शिक्षा समितिका सदस्य, मुख्य राजनीतिक दलका प्रतिनिधि, माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक र सञ्चारकर्मीहरु छन् ।

साक्षरता अभियानमा पालिकामा कार्यरत कर्मचारी, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मी तथा पालिकामा कार्यरत संघसंस्थाका कर्मचारी तथा माध्यामिक तहका सम्पूण विद्यार्थीहरुलाई सक्रियरुपमा परिचालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो । साक्षर अभियन्ताका रुपमा महेन्द्र माध्यामिक विद्यालय मटेहियाका पूर्व प्रधानाध्यापक पेशकार सिंहलाई चयन गरिएको छ ।

पालिकास्तरीय समितिका अलावा वडा वडामा वडा अध्यक्षको संयोजकत्वमा वडा सचिव सदस्य सचिव रहने गरी तीन सदस्यीय अनुगमन समिति गठन गरी सक्रियरुपमा अनुमगन गरिने प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो । यो अभियानलाई प्रभावकारी बनाउन व्यानर, पर्चा, पम्पलेट तथा माइकिङ लगायतका क्रियाकलाप गर्ने निर्णय गरिएको छ । साक्षरता अभियानमा मुख्य साझेदार संस्थाका रुपमा नेपाल दलित उत्थान संघ बाँके रहनेछ ।

साक्षरता सम्बन्धि प्रचलित मापदण्डहरु पूरा हुने गरी कार्यक्रम सञ्चालन गरी पालिकाको प्रतिनिधिको रोहबरमा हस्ताक्षर संकलन व्यानरमा हस्ताक्षर गराई साक्षर भएको घोषणा गरिने शिक्षा शाखा प्रमुख थारुले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष एवम् साक्षर अभियान मूल समितिका संयोजक शाहले गाउँपालिकाले थालेको यो महाअभियानमा सक्रियतापूर्वक सहभागिता जनाई महाअभियानलाई सफल बनाउन सबैमा अपिल गर्नुभएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  १४:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती
युनाइटेड एजुकेसनल एकेडेमीले मनायो रजत–जयन्ती
सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न
सिद्धार्थ विद्या सदनमा लोक नृत्य प्रतियोगिता सम्पन्न
सिद्धार्थ विद्या सदनमा 'फुड फेस्टिबल' (फोटोफिचर)
सिद्धार्थ विद्या सदनमा 'फुड फेस्टिबल' (फोटोफिचर)
किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
किड्स किंगडमको नवौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP