नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कर्णाली करिडोरको काम प्रभावित
कर्णाली करिडोरको काम प्रभावित
RSG-2
रासस
सोमबार, चैत २, २०७७ रासस
कर्णाली करिडोरको काम प्रभावित

हुम्ला । राष्ट्रिय गौरवको योजना अन्तर्गत् हिल्सा-सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भिर विस्फोट गर्न ‘नेपालइँट ३००० केजी’ काठमाडौँबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले निर्माण प्रभावित भएको छ ।

कडा चट्टान विस्फोटन गर्न निर्माण व्यवसायीले पहरामा प्वाल खोपेर विस्फोटनका लागि तयारी गरेको छ । हिल्सा-सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाका अनुसार सो आयोजना अन्तर्गत् च्याछरा भिर, हेप्का, बोक्चेगौँडा, छारे भिर र दुल्लीकुनामा विस्फोटका लागि विस्फोटक पदार्थ नहुँदा काम रोकिएको र नेपाली सेनाको सैनिक विमान उडानका लागि अनुरोध गरेर उडान शुल्कसमेत जम्मा गरिसकिएको छ ।

योजना अन्तर्गत् चार पुल (याङ्गार खोला, सल्ली खोला, ताग्रु खोला र हेप्का खोला) निर्माण भइरहेको छ । शीघ्र कार्य गर्न निर्माण व्यवसायीलाई मौखिक तथा लिखित निर्देशन योजना कार्यालयबाट समेत दिइसकिएको छ ।

विसं २०७८ सम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना कार्यालयको लक्ष्य छ । हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकप्टर, खच्चर र उत्तरी नाका हिल्साको भर पर्नुपर्ने अवस्था छ ।

निर्माण सामग्री ढुवानीका लागि कोभिड-१९ का कारण उत्तरी नाका हिल्सा समेत नखुलेको हुँदा पुलका लागि प्रयोग हुने आवश्यक निर्माण सामग्री डण्डी, सिमेन्ट लगायत निर्माण स्थलसम्म ल्याउन कठिन भएकाले याङ्गार खोला पुल निर्माणमा ढिलाइसमेत भएको पुल निर्माणका प्रतिनिधि अकिल बुढाले जानकारी दिनुभयो ।


प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
विभेदकारी विज्ञापन नीति विरुद्ध बाँकेका पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई पठाइयो हस्ताक्षर
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP