prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • माओबादी नबन्दा गाउँपालिकाले रोक्यो शिक्षकको तलब
माओबादी नबन्दा गाउँपालिकाले रोक्यो शिक्षकको तलब
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत ६, २०७७ बागेश्वरी पोस्ट
माओबादी नबन्दा गाउँपालिकाले रोक्यो शिक्षकको तलब
सांंकेतिक तस्बिर

नेपालगन्ज ।पार्टीको सदस्यता नलिएकै कारण सरकारी कर्मचारीले तलब पाउँदैनन् भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर रुकुममा भने यसको गतिलो उदाहरण देखिन्छ । फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरुले जागिर नपाउने गुनासो बढिरहेका बेला सरकारी कर्मचारीहरुले समेत तलब नपाउने गरेको पाइएको छ । पछिल्लो पटक माओवादी पार्टीको सदस्यता नलिएको भन्दै यहाँका एक सरकारी विद्यालयमा कार्यरत शिक्षकको तलब गाउँपालिकाले रोक्का गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ८ स्थित जनप्रिय माध्यमिक विद्यालयका एक शिक्षकको नाम तलब पाउनेको लिस्टबाट हटाएपछि चार महिनादेखि तलब पाएका छैनन् । यहाँका शिक्षक केपबहादुर खड्काको आव ०७७–०७८ को दोश्रो चौमासिकको तलव रोक्का गरिएको हो । उनी दुई वर्ष पहिले गाउँपालिकाको अनुदान कोटामा प्रतिस्पर्धा गरेर नियुक्त भएका हुन् । धेरै समयदेखि उनलाई माओवादी बन्न दबाब आइरहेको र उनले सदस्यता लिन नमानेपछि तलब रोकिएको छ । ‘म बिद्यालयमा नियमित गएर पढाउने काम गरिरहेको छु, तर राजनीतिक आस्थाको आधारमा तलब दिइएन,’ शिक्षक खड्काले भने, ‘यो भन्दा शोषण र अन्याय के होला र ?’ उक्त विद्यालयका अन्य सबै कर्मचारीको तलब भने नियमित भैरहेको छ । गत कार्तिक महिनादेखिको तलब खड्काले पाएका छैनन् । खड्का नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको साधारण सदस्य हुन् । उनलाई गाउँपालिका र वडा स्तरका माओवादी केन्द्रका नेताहरुले आफ्नो पार्टीको सदस्यता लिन पटक पटक दबाब दिँदै आएका थिए । जबरजस्ती सदस्यता लिन दवाव दिइरहे तापनि उनले शिक्षक संघ नछोड्ने बताएका थिए । त्यसपछि गाउँपालिकाले उनको तलब रोकेको हो । यता गाउँपालिका अन्तर्गतको शिक्षा शाखाले भने चौमासिकको तलब सूचीमा शिक्षक खड्काको विवरणसमेत साविक झै राखेर पालिकामा पठाएको थियो । तर गाउँपालिकाले भने उनको नाम तलबी विवरणबाट हटाएको हुनाले उनको तलब नआएको हो । श्रोतका अनुसार त्यहाँको विद्यालय व्यबस्थापन समितिको मिलोमतोमा पालिकाले तलब नदिएको हो । नेपाल शिक्षक संघ रुकुमकी अध्यक्ष तारा चन्दले शिक्षक संघको सदस्यता नविकरण नगर्न दबाब आएको तर उनले सदस्यता नविकरण गरेको सूचना गाउँपालिमा पुगेपछि तलब रोक्का गरेको बुझिएको बताइन् । यसरी श्रमजीवी शिक्षकलाई मानसिक तनाव दिँदै शोषण गर्न नपाइने र यस कार्यको प्रतिवाद गरिने अध्यक्ष चन्दको भनाई छ । हाम्राकुराबाट।


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०७७  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनद्वारा नेपालगञ्जमा स्कुल बस एक साथ सडकमा उतारेर विरोध प्रदर्शन
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
प्याब्सनले नेपालगञ्जको वीपी चोकमा स्कुल बस उतारेर नगर परिक्रमा गराउने
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
'विद्यालय शिक्षा विधेयक' मा आपत्ति जनाएको प्याब्सनले प्रदेश सरकारलाई पनि ज्ञापनपत्र बुझायो
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीद्वारा छात्रवृत्ति कार्यक्रम घोषणा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP