prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
उपनिर्वाचन -२०७६
  • गृहपृष्ठ
  • उपनिर्वाचन -२०७६
  • मदिराले मातेका नेकपाका वडा अध्यक्षले दाङमा कांग्रेसका कार्यकर्ता कुटे
मदिराले मातेका नेकपाका वडा अध्यक्षले दाङमा कांग्रेसका कार्यकर्ता कुटे
banijya office
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ११, २०७६ बागेश्वरी पोस्ट
मदिराले मातेका नेकपाका वडा अध्यक्षले दाङमा कांग्रेसका कार्यकर्ता कुटे

दाङ । बबई गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष रामबहादुर डाँगीले नेपाली काँग्रेसका दुई युवामाथि कुटपिट गरेका छन् । गएराति साढे १० बजेतिर मदिराले मातेर प्रहरीको भ्यानमा चढेर आएका वडा अध्यक्ष डाँगीले आफुलाई एक्कासी कुटपिट गरेको काँग्रेसका युवा गणेश देवकोटाले जानकारी दिए ।

nepalgunj 081-082

देवकोटाका अनुसार वडा अध्यक्ष ईलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी प्रमुख निरीक्षक डाक्टरप्रशाद चौधरीको गाडिमा गएका थिए । आफुहरुमाथि आक्रमण हुँदा प्रहरी रमिते मात्रै बनेको देवकोटाले आरोप लगाए । ‘उनीहरुले रातिमा घुमिरहेका थिए, नेपाली काँग्रेस मुर्दावाद र नेकपा जिन्दावाद भन्ने नारावाजी गरिरहेका थिए। हामी सडकमा थियौं,’ देवकोटाले भने ‘ त्यही क्रममा प्रहरीको गाडीमा बसेर आएका उहाँले म माथि हल्ला गर्ने भन्दै झपाझप हान्नु भयो।’ देवकोटाले वडा अध्यक्ष मदिरामा मातेको तालमा आफु र अर्का काँग्रेसका युवा सुरेश खड्का माथि समेत हातपात गरेको आरोप लगाए । ‘प्रहरीको गाडिमा आएका वडा अध्यक्षले मलाई अनाहकमा दुई झापट हान्नु भयो र त्यसको विरोध गर्दा खड्कालाई पनि कुटपिट गर्नु भएको हो ।’ वडा अध्यक्ष डाँगीले भने आफुमाथि लगाइएको आरोप गलत भएको दाबी गरे ।

‘मैले उनीहरुलाई सम्झाई बुझाई गरेर घर जाउ भनेर पठाएको मात्रै हुँ,कुटेको हैन,’ डाँगीले भने । त्यतिबेला आफु चुनाव प्रचारको लागि नभइ एकजना बृद्ध विरामी परेको हुँदा सशस्त्रको गाडि लगेर उद्धारको लागि पुगेको अध्यक्ष डाँगीले जिकिर गरे । वडा अध्यक्ष डाँगी नेकपावाट निर्वाचित व्यक्ति हुन भने कुटाई खाएका भनिएका युवाहरु मध्य ३० बर्षीय देवकोटा बबई वडा नं ६ का तरुण संयोजक र २५ बर्षीय खड्का उपसंयोजक हुन ।

मदिराले मातेका दुई पक्षलाई प्रहरीले रोकेको मात्रै हो – एसपी
दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले भने घटनालाई मदिराले मातेका दुई पक्ष बीचको विवाद मात्रै भएको जानकारी दिए । ‘ नेकपाका वडा अध्यक्ष र काँग्रेसका युवाहरुको बीचमा हुन सक्ने संभावित झडपलाई मध्यनजर गर्दै प्रहरीले उनीहरु दुबै पक्षलाई संझाई बुझाई पठाएको मात्रै हो,’ एसपी भट्टराईले भने ‘त्यहाँ धकेला धकेल सम्म भएको भन्ने मलाई जानकारी छ ।’

काँग्रेस निकटका युवाहरुले आफुले मदिरा सेवन नगरेको दाबी गरेता पनि एसपी भट्टराईले भने दुबै पक्षले मदिरा सेवन गरेको हुँदा विवाद भएको जानकारी दिए । ‘वडा अध्यक्षलाई प्रहरीले गाडी हालेर लगेको भन्ने कुरा सही हैन,’ एसपी भट्टराईले भने ‘ यो चुनावको समयमा तठष्ट भूमिका निर्वाह गर्ने प्रहरीले कदापी त्यस्तो गर्दैन।’ युवाहरु आपसमा झगडा परेपछि निर्वाचनको मुखमा राजनीतिक जलप लगाउने गरेको हुन सक्ने उनले तर्क गरे ।

तुलसीपुरमा काँग्रेसका अर्का युवामाथि पनि कुटपिट
तुलसीपुर उपमहानगरपालिका वडा नं १० गौरीगाउँमा पनि अर्का एक नेपाली काँग्रेसको युवामाथि आक्रमण भएको छ । यो पनि प्रदेशसभा सदस्य पदको निर्वाचन भइरहेको क्षेत्रमा पर्छ । सोमवार राति १० बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ११ हस्नापुर निवासी २० बर्षीय कृष्णबहादुर बस्नेतमाथि एकाएक नकेपाका युवाहरुले आक्रमण गरेर घाइते तुल्याएका छन् ।

तुलसीपुर १० गौरीगाउँ निवासी विनायक खड्कासंगै मोटरसाईलकलमा चढेर आएका सोही वडाको पढ्ढा निवासी विराज बस्नेतले कुटपिट गरेको अस्थायी प्रहरी पोष्ट जस्पुरका प्रहरी सहायक निरीक्षक नेत्र नेपालीले जानकारी दिए । घाइते बस्नेतले आफुलाई विराज बस्नेतले लुकाएर ल्याएको वियरको बोत्तलले एक्कासी ठाउकोमा हिर्काएर भागेको जानकारी दिए ।

 घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ। घटनाको बारेमा पीडित पक्ष प्रहरीमा उजुरी दिन जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको आरोप लगाएको छ । तर ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले भने आफुकहाँ जाहेरी लिएर कोही नआएको र बाहिर बाहिरै मिलाउने प्रयास भइरहेको भन्ने सूचना आफुले पाएको जानकारी दिए ।

घटनाप्रति नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले निन्दा गरेका छन् । उनले त्यसलाई पराजित मानसिकताको संज्ञा दिए । साथै निर्वाचन शान्ति पूर्ण र भएरहित वनाउन सत्तासिन दलले प्रहरी प्रशासनको आडमा दमन र कुटपिट तत्काल नरोके सैह्य नहुने चेतावनी दिए ।


प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  १२:१५
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा निर्वाचन माघमा हुने
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तयारी गर्दै आयोग
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
उपप्रमुख चौधरीद्वारा नबनिर्बाचित अध्यक्ष थारुलाई बधाई एबम शुभकामना प्रदान
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
धरान उपमहानगरपालिकामा कांग्रेस बिजयी
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP