prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अझै रोकिएनन् जातीय छुवाछूतका घटना
अझै रोकिएनन् जातीय छुवाछूतका घटना
banijya office RSG-2
रासस
मंगलबार, चैत १०, २०७७ रासस
अझै रोकिएनन् जातीय छुवाछूतका घटना

नेपालगन्ज । जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा छुवाछूतका घटनामा कमी आउन सकेको छैन ।

ऐन लागू भइसकेपछि दैलेख, कालिकोट, कास्की, धादिङ, सप्तरी र रुकुमपश्चिमको सोतीलगायत जिल्लामा अन्तरजातीय विवाह गरेका कारण, चुलो वा पानी छोइएको निहुँमा १० युवाले अकालमा  ज्यान गुमाउनु परेको बताइएको छ ।  

अन्तरजातीय विवाह गर्ने कयौँ जोडीलाई कुटपिट गरी गाउँ निकाला गरिइएका छन् । ऐन कार्यान्वयनमा आउको नौ वर्ष पूरा हुँदा पनि प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक निकायले नै ऐनका बारेमा अनविज्ञता प्रकट गर्ने गरेको, छुवाछूत अपराधका दोषीलाई कारवाही नगरिएको र छुवाछूतका घटनालाई गाउँमै मिलापत्र गराई कानूनी दायरामा पुग्नबाट रोक्ने प्रयास गरिएको दलित अधिकारकर्मीले गुनासो छ ।

व्यवस्थापिका संसद्को २०६८ जेठ १० गते बसेकोे बैठकले सर्वसम्मतिबाट सो ऐन, पारित गरेको थियो । ऐनको दफा ४ को उपदफा २ (क) र (ख) मा कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, वंश, समुदाय पा पेशाका आधारमा सो दफाबमोजिमको काम गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछूत गरेको मानिने र दफा ७ को उपदफा १ (क) मा कसूर गर्ने व्यक्तिलाई तीन महीनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । 

तत्कालीन संविधानसभा सदस्य ज्ञानी गैरै ऐन लागू भइसक्दा पनि दलित युवाको हत्या हुनु दुँखद् भएको बताए। उनले ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न यसका बारेमा प्रचारप्रसार गर्नुआवश्यक रहेको बताए।  अमरगढी नगरपालिका कानूनी सल्लाहकार विष्णु भट्ट छुवाछूत अन्त्यका लागि नगरपालिकाले सक्दो पहल गर्ने जानकारी दिरे  ।

मानवाधिकारकर्मी रामेश्वर जैरु मुलुकमा जातीयता छुवाछुत अन्त्य गर्न राज्य गम्भीर बन्नुपर्छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका डडेल्धुरा अध्यक्ष सुन्दर जैरु भन्छन्, “ जातीय आधारमा छुवाछूत वा विभेद गर्नु अपराध हो ।” 

अमरगढी नगरपालिका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले ‘जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८’ को कार्यान्वयन अभियान सञ्चालन गरिने जानकारी दिए ।  सुदूरपश्चिमा हाल पानी दलित र गैरदलित समुदायका धारा, नौला र घाटसमेत छुट्टाछुट्टै रहेका छन् । दलित समुदायले सञ्चलन गरेका व्यवसाय विभेदकै कारण दूधसमेत बिक्री नहुने गरेको नेपाल दलित सङ्घका केन्द्रीय सदस्य भरत नेपालीले बताए ।


प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
बाँकेमा एक सातामै ४१५ मतदाता थपिए
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
नेपालगञ्जकी चेली नविना बनिन् एक्टिंग स्टारको फाइनलिष्ट, नविनाको लागि भोट अपील
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
बाँकेका विभिन्न स्थानमा चाडपर्व लक्षित 'यात्रु सहायता कक्ष' स्थापना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP